अफगानिस्तानमा भएका कुराहरूले यस क्षेत्रलाई नै प्रभाव पार्दछ: अजित दोभल

लेटेस्टली डटकमको एउटा समाचारका अनुसार भारतका सुरक्षाविद् अजित दोभलले क्षेत्रीय सुरक्षा संवाद कार्यक्रमका दौरान अफगानिस्तान को घटनाक्रमहरुले अफगानीहरूलाई मात्र नभई समग्र क्षेत्रका देशहरू र छिमेकी देशहरूमा समेत गहिरो प्रभाव पार्दछ । उन्का अनुसार उक्त सुरक्षा संवाद विशेषतः अफगानिस्तानको विषयमा केन्द्रित थियो,

भारतले अफगानिस्तानका पछिल्ला घटनाक्रमहरूलाई नजिक बाट हेरिरहेको समेत दोभलले बताएका छन् ।
पाँच वटा एसियाली देशका सुरक्षा सल्लाहकारहरू उक्त भेलामा सहभागी भएका थिए, ती देशहरूमा ताजाकिस्तान, किर्गिस्तान, काजकिस्तान, उज्बेकिस्तान र टुर्कमेनीस्तान थिए । यसका साथै नयाँ दिल्लीमा भइरहेको उक्त सुरक्षा संवादमा रुस र इरानको पनि सहभागिता रहनेछ ।

भारतको परराष्ट्र मन्त्रालयले पनि संवादको एक दिन अगावै अफगानिस्तानको पछिल्ला घटनाक्रमहरूलाई नजिक बाट हेरिरहेको जनाएको थियो ।
इरानले पनि यस्तै धारणा सहित पछिल्लो सुरक्षा संवाद को आयोजना गरेको थियो । यस पटकको सुरक्षा संवादले अफगानिस्तानका जनताहरूको शान्ति, स्वतन्त्रता र समृद्धिलाई पुनर्स्थापना गराउने विषयमा विश्लेषण गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस