बलिउड अभिनेत्री प्रिती जिन्टा ४६ वर्षको उमेरमा जुम्ल्याहा सन्तानकी आमा बनिन्: नाम पनि गरिन् सार्वजनिक

एजेन्सी । बलिउड अभिनेत्री प्रीति जिन्टा ४६ वर्षको उमेरमा जुम्ल्याहा सन्तानको आमा बनेकी छन् । नायिकाको घरघरमा सन्तान सुखको खुसीयाली छाएको छ । प्रीति जिन्टा दुई जुम्ल्याहा सन्तानकी आमा बनेकको खबर आफैले सार्वजनिक गरेकी छन् । प्रीतिले आफ्नो जीवनको यो सबैभन्दा खुसीको क्षणलाई सामाजिक सञ्जाल पोस्टमार्फत फ्यानसँग सेयर गरेकी छिन् । पोस्टमा प्रीतिले आफ्ना दुई सन्तानको नाम पनि फ्यानलाई बताएकी छिन् ।

प्रीतिले डाक्टर, नर्स र सरोगेटलाई धन्यवाद दिइन्
प्रीति जिन्टाले आफ्नो पोस्टमा थप लेखेकी छिन्, ‘हामी आफ्नो जीवनको नयाँ चरणलाई लिएर निकै उत्साहित छौं । हाम्रो अविश्वसनीय यात्राको एक हिस्सा भएकोमा सबै डाक्टरहरू, नर्सहरू र हाम्रा सरोगेटहरूलाई हृदयदेखि धन्यवाद। सबैलाई धेरै धेरै माया। प्रीति जिन्टाको यो पोस्टबाट उनी सरोगेसी मार्फत आमा बनेको स्पष्ट भएको छ । प्रीतिले आफ्नो नयाँ जीवनलाई खुसीसाथ स्वागत गरेकी छिन् ।

प्रीति जिन्टाले आफ्ना जुम्ल्याहा बच्चाको नाम सार्वजनिक गरेकी छिन्
प्रीति जिन्टाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा श्रीमान्सँगको तस्बिरसहितको विशेष नोट सेयर गरेर यो खुसीको खबर दिएकी छिन् । प्रीतिले आफ्नो पोस्टमा लेखेकी छिन्– म आज तपाईहरु सबैसँग हाम्रो अचम्मको खबर साझा गर्न चाहन्छु । म र जीन धेरै खुसी छौं। हाम्रो हृदय धेरै कृतज्ञता र प्रेमले भरिएको छ किनकि हामीसँग दुई जुम्ल्याहा जय जिन्टा गुडेनफ र जिया जिन्टा गुडइनफ छन्।

प्रीतिलाई संसारभरबाट बधाईको आह्वान भइरहेको छ
प्रीतिको पोष्ट सेयर हुनेबित्तिकै संसारभरका फ्यानहरूले यो जोडीलाई सन्तान जन्मेकोमा बधाई दिइरहेका छन् र कमेन्ट सेक्सनमा धेरै मायाको वर्षा गरिरहेका छन् । केही मिनेटमै प्रीतिको पोस्ट सामाजिक सञ्जालमा भाइरल भयो । अहिले सबैजना अभिनेत्रीका साना बच्चाहरूको झलक पाउन आतुर छन्।

प्रतिक्रिया दिनुहोस