१६४ देशको समर्थनका साथ भारत पुन युनेस्को एक्जीक्यूटिभ बोर्डमा

भारतलाई सन 2021-25 को कार्यकालको लागि संयुक्त राष्ट्रसंघको तीन संवैधानिक अंगहरूमध्ये एक यूनेस्कोको एक्जीक्यूटिभ बोर्डको लागि पुनः चयन गरिएको छ।

एक्जीक्यूटिभ बोर्डको सदस्यहरूको चुनाव बुधबार १७ नोभेम्बरमा सम्मपन्न भएको थियो । यूनेस्को (संयुक्त राष्ट्र शिक्षा, विज्ञान र सांस्कृतिक संगठन) को निम्ति पेरिसस्थित भारतको स्थायी प्रतिनिधिमण्डलले ट्वीट गरि भनेको छ,

‘भारतलाई यूनेस्कोको कार्यकारी बोर्डमा 2021-25 को अवधिको निम्ति 164 मतको साथ पुनः चयन गरियो’। एशियाली र प्रशान्त देशहरूको समूह पंचमको निम्ति भारतलाई पुनः चयन गरिएको छ। यसमा जापान, फिलीपीन्स,

वियतनाम, कुक आइल्याण्ड्स र चीन पनि सामेल छन्। संयुक्त राष्ट्रको सांस्कृतिक र शैक्षिक संगठनको एक्जीक्यूटिभ बोर्ड संयुक्त राष्ट्र एजेन्सीको तीन संवैधानिक अंगहरूमध्ये एक हो। अन्य दुई जनरल कन्फ्रेन्स र सचिवालय हुन्। जनरल कन्फ्रेन्सले एक्जीक्यूटिभ बोर्डका सदस्यहरूको चुनाव गर्दछ।

प्रतिक्रिया दिनुहोस