छोरी एक महिना पुगेको अवसरमा प्रियंकाले सार्वजनिक गरिन् यस्तो तस्बिर [तस्बिरहरू]

पछिल्लो समयमा अभिनेत्री प्रियंका कार्की सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले हरेक क्रियाकलापको तस्बिर तथा भिडियो सामाजिक सामाजिक सञ्जालमा पोस्ट गर्छिन् ।

केही समय गर्भावस्थाको कारण चर्चामा आएकी अभिनेत्री प्रियंका यति बेला उनको छोरीको विभिन्न तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेर चर्चामा आउने गरेकी छिन् ।अहिले प्रियंकाले उनको छोरीलाई जन्म दिएको करिब एक महिना भएको छ । यस अवसरमा अभिनेत्रीको छोरी केही तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ।

अभिनेत्री प्रियंकाले उनको छोरी सामाजिक सञ्जाल इन्स्टाग्राम खाता खोलेको केही समयमा नै ३२ हजार भन्दा बढीले फलो गरेका छन् ।केही दिन पहिले अभिनेत्री प्रियंका दशैँमा टिका लगाएको तस्बिर पोस्ट गरेकी थिइन् जुन सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

तस्बिरमा देख्न सकिन्छ अभिनेत्रीले उनको छोरीलाई १ देखि १२ सम्म लेखिएको एक कपडा माथि राखेकी छिन् र १ नम्बरमा पानको पात बनाई एक महिना पुरा भएको संकेत गरेकी छिन । ती तस्बिरले निकै चर्चा पाएका छन् ।

प्रतिक्रिया दिनुहोस