आफै जुङ्गा मिलाउदै गरेको ओलीको यो तस्बिर कसले खिच्यो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चटक्क पर्न रुचाउँछन् । दाह्रीजुङ्गा बनाएर सफाचट हुने स्वभाव छ ।ओलीले बालकोटमा जुङ्गा काट्दै गरेको तस्बिर सार्वजनिक भएको छ । यो तस्बिर एमालेका युवा नेता ऐन महरले कैद गरेका हुन् ।

यो पनि –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलले आफूलाई चुनाैती नदिएकाे बताउनुभएकाे छ । आज मङ्गलवार सम्पादकहरूसँगकाे अन्तरक्रियामा अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘रावलजीले मलाई चुनाैती दिनुभएकाे हाेइन ।

उहाँकाे शब्दमा ध्यान दिनुहाेस् । उहाँले मप्रति माया, सम्मान, स्नेह, र आदर देखाउनुभएकाे छ । म बढी खट्ने भएर गाह्राे हुने भएर उहाँले त्यसाे भए म उठ्छु भन्नुभएकाे हाे ।’ अध्यक्ष ओलीले भीम रावलले आउँदाे महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने गरेकाे घाेषणालाई सुझावका रूपमा लिनुपर्ने बताउनुभएकाे छ ।

‘उहाँकाे स्नेहपूर्ण सुझावबाट म प्रभावित छु । यस्ताे सुझाव सबैले मन पराउँछन्’, ओलीले भन्नुभयाे । गएकाे आइतवार नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आउँदो महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियाे । उपाध्यक्ष रावलले विभिन्न कारण दिँदै उम्मेदवारी घाेषणा गर्नुभएकाे थियाे ।

अध्यक्ष ओलीले आफू अध्यक्षमा नउठे हुन्थ्यो भन्ने बाहिरका केही मानिसहरूको सुझाव रहेको पनि बताउनुभयो । उहाँले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्वमा आउने कुरालाई आफूले नरोक्ने पनि स्पष्ट पार्नुभयो । पार्टीको पदाधिकारी वा केन्द्रीय समितिमा आउनेहरूलाई आफूले आफूले कुनै दबाब र प्रभावमा नपार्ने अध्यक्ष ओलीको भनाइ थियो ।

उहाँले सर्वसम्मति वा सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष वा महासचिवलाई आफूले सबैभन्दा बढी मन पराउने बताउनुभयो । कार्यक्रममा अध्यक्ष ओलीलाई तपाईँले बढी मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव को भनी प्रश्न गरिएको थियो ।

त्यसको जवाफमा उहाँले सर्वसम्मति वा सबैभन्दा बढी मत लिएर निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष वा महासचिवलाई आफूले सबैभन्दा बढी मन पराउने बताउनुभयो ।ओलीले पार्टीका नेताहरूको व्यवस्थापनमा आफूले ध्यान नदिने बताउनुभयो । देश र नागरिककाे व्यवस्थापनमा आफूहरूको ध्यान जाने उहाँकाे भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस