विवाह मण्डबबाटै बेहुलो बेपत्ता भएपछि केटिको यस्तो कदमले सबै चकित

एजेन्सि – छिमेकी देश भारतमा एक अनौठो खालको विवाह सम्पन्न भएको छ । सुन्दा पनि अचम्मा लाग्ने खालको विहे भएको हो । विवाह मण्डबबाट दुलहा बेपत्ता भएपछि तपाई सोच्नुहोस त विवाहको कार्यक्रम नै के भयो होला ?

बिहे समारोह चल्दै गर्दा बेहुला बेपत्ता भएपछि अप्ठेरोमा परेकी बेहुलीले जन्ती आएको एक जनासँग विहे गरेकी छिन् । यस्तो अनौठो खालको विहे भारतको उत्तरप्रदेश स्थित महाराजपुरमा भएको हो । समाचार अनुसार उक्त बिहे समारोहमा स्वयंवरको कार्यक्रम सम्पन्न भैसकेर बिहेको बाँकी अनुष्ठान सुरु गर्ने तयारी भैरहेको थियो । तर एक्कासी बेहुला चाहीँ बिहेस्थलबाट बेपत्ता भए ।

यसरी विवाह मण्डपबाटै एक्कासी बेहुला फरार भएपछि दुबै तर्फका परिवारजनले बेपत्ता बेहुलाको खोजी गरे । तर फेला पार्न सकेनन् । बेहुला के कारणले त्यहाँबाट भाग्यो भन्ने कुरा आज सम्म पनि पुष्टि भएको छैन । कतै नभेटिएपछि उनी बिहे नगर्ने सोँचले त्यहाँबाट भागेको ठहर गरियो । बिहेको मण्डपबाटै बेहुला भागेपछि बेहुली विचलित भइन् । दुबैतर्फका परिवारहरु के गर्ने रु के नगर्ने रु भन्ने अवस्थामा पुगे ।

त्यसपछि त्यहाँ उपस्थित जन्ती तथा बेहुली पक्षकाले समेत जन्ती आएकामध्ये उपयुक्त युवकसँग ती बेहुलीको बिहे गरिदिने निधो गरे । त्यसपछि जन्ती आएकामध्ये बिहेका लागि इच्छुक तथा उपयुक्त युवकको खोजी गरियो अनि दुबैतर्फका अभिभावकले छलफल गरे अनि बिहे गराइयो ।

जन्ती आएको केटासँग छोरीको बिहे गराएसँगै बेहुलीका बुवाले भगौडा बेहुला र उसको परिवार विरुद्ध कारवाहीका लागि पुलिसमा मुद्दा हालेका छन् । भगौडा बेहुलाका बुवाले पनि आफ्नो छोरा खोजीपाउँ भनी पुलिसमा निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस