लाइभ समाचार पढ्दापढ्दै समाचार वाचिकाको दाँत खसेपछि… (भिडियोसहित)

काठमाडौं। टिभीमा लाइभ समाचार पढिरहेका बेला एक समाचारवाचिकाको दाँत खसेको घटना अहिले चर्चाको विषय बनेको छ । ती महिला एंकरले यो घटनाको भिडियो स्वयं शेयर गरेर यो घटनाबारे विस्तारमा बताएकी छिन् । मरिका पडल्को नामकी ती महिला एंकर युक्रेनकी हुन् । उनले त्यहाँको एक टेलिभिजन च्यानलमा समाचार पढिरहेकी थिइन् त्यही बेला उनको अगाडिको दाँत निस्कियो । समाचार पढ्दापढ्दै उनले हात मुखमा लगेर खस्न लागेको दाँत समाइन् ।

दाँत निस्किँदा पनि मरिकाले समाचार पढ्न जारी राखिन् र उनले पूरै समाचार बुलेटिन त्यत्तिकै पूरा गरिन् । यो घटनाको भिडियो मरिकाले इन्स्टाग्राममा शेयर गरेकी छिन् । उनले पोस्टमा अप्रत्याशित घटना भए पनि आफू लाइभ समाचारमा भएकोले शान्त रहेर समाचार पूरा गरेको बताएकी छिन् । उनले पोस्टमा आफ्नो दाँतबारे पनि लेखेकी छिन् । खासमा उनको दाँत १० वर्ष पहिले भाँचिएको थियो ।

उनकी छोरी अलार्म घडीसँग खेल्दै गर्दा त्यो घडीले मुखमा लागेर दाँत भाँचिएको उनले बताएकी छिन् । दाँत भाँचिए पनि उनले आफ्नो करिअर जारी राखिन् । उनले भाँचिएको दाँतको ठाउँमा नक्कली दाँत राखिन् । त्यही नक्कली दाँत अचानक खसेको थियो । सामाजिक संजालमा मानिसहरुले उनको तारिफ गरेका छन् । भिडियोसहित

प्रतिक्रिया दिनुहोस