मिल्दो केटा नपाउँदा आफैंसँग बिहे, ९० दिनमै फेरि आफैंसँग महिलाले किन गरिन डि भो र्स ?

एजेन्सि –ब्राजिलकी एक मोडलले कोही पनि पुरुष मन नपरेको भन्दै आफैंसँग विवाह गरेकी थिइन् । अहिले भने उनको जीवनमा नयाँ ट्वीस्ट आएको छ ।

ब्राजिलियन मोडल क्रिस गलेराले अहिले आएर आफैंसँग पा र पा चु के गरेकी छन् । गत सेप्टेम्बरमा ३३ वर्षीया मोडल क्रिसले आफैंसँग विवाह गरेकी थिइन् ।

‘म पुरुषहरूसँग भरोसा गर्दागर्दै था’कि’स’के’की थिएँ । आफ्ना लागि योग्य पुरुष पनि धेरै खोजें’, उनले भनेकी थिएन्, ‘तर, भनेजस्तो पुरुष पाउन सकिनँ । त्यही कारण आफैंसँग विवाह गर्ने निर्णय गरेकी थिएँ ।’

उनले विवाहपछि निकै खुसी रहेको र आफूलाई एक्लो महसुस नभएको बताएकी थिइन् । ‘विवाहपछि म निकै खुसी थिएँ। मलाई कुनै चिजको पनि कमी महसुस भएन । मेरो कोही जीवन साथी भएन भनेर चि’न्ता पनि लागेन’, उनले भनेकी थिइन् । तर, अहिले भने उनले पा र पा चुके गरेकी छन् ।

गलेराले पा र पा चु के गर्नुको पछाडिको कारण हो, उनको जीवनमा पुरुषको प्रवेश। आफ्नो एक अन्तर्वार्तामा उनले अरबका एक शेखले उनीसँग विवाह गर्न चाहेको खुलासा गरेकी छन् ।

पहिले ‘विवाहका लागि राम्रो पुरुष पाइनँ’ भन्ने गलेराले अहिले भने आफूलाई मन परेको पुरुष पाएकी छन्। यसका लागि शेखले ५ लाख डलरको अफर दिएको पनि खुलासा भएको छ ।

‘मैले ९० दिनसम्म आफैंसँग रोमान्स गरें। आफूलाई खुसी राखेँ। तर, अब मेरो जीवनमा पुरुषको प्रवेश भएको छ’, उनले भनिन्, ‘अब उनीसँगै सम्बन्ध गाँस्ने र जीवनभर पत्नीको भूमिका निभाउने मन छ । ती विशेष मान्छे आएदेखि नै मैले माया र प्रेमको महत्व बुझ्ने मौका पाएकी छु ।’

गत सेप्टेम्बरमा गलेराले एक क्याथोलिक चर्चमा विवाह गरेकी थिइन् । विवाह गरेपछि चर्च अघि बसेर फोटो समेत खिचाएकी थिइन् ।

सेतो पहिरनमा सजिएकी उनले हातमा फूलको बुके लिएर उन्मुक्त हाँसो हाँसेकी थिइन् । सामाजिक सञ्जालमा उनको तस्बिरको धेरैले प्रसंशा गरेका थिए भने केहीले मज्जाक पनि उडाएका थिए ।

उनले ती कुराको आफूलाई कुनै परवाह नभएको भन्दै आम मानिस र आफ्नो सोच फरक भएकाले नै आफैंसँग विवाह गरेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस