यी व्यक्तिले आफैले गरे आफ्नै मृ त्यु द र्ता : कारण थाहा पाउदा भए सबै चकित

इटहरी –प क्रा उ पर्नबाट जोगिन सुनसरीका एक युवाले आफ्नै मृ त्यु दर्ता गराएको खुलेको छ । तत्कालिन चाँदवेला १ तथा हालको इनरुवा ७ बस्ने रसुल मियाँको छोरा अजित मियाँले आफ्नै मृ त्यु दर्ता गराएको खुलेको हो ।

२०६८ भदौ १७ गते हालको रामधुनी ५ का जैयस कुमार साहको घरमा अजित सहित तीनजना ड कै ती गर्न गएका थिए । दुईजना प क्रा उ परेपनि अजितले भने मृ त्यु दर्ता प्रमाणपत्र बनाएर आफूलाई अजितको भाइ अजिज बताउँदै आएका थिए ।

उनले ७४ साल पुस २७ गते मृ त्यु दर्ता प्रमाणपत्र बनाएको पाइएको थियो । सुनसरी जिल्ला अदालतको ७५ साल असार ११ गतेको फैसलाबाट तीनैजनालाई जनही ६ वर्ष कै द तथा ९९ हजार रुपैयाँ ज रि वा नाको फैसला भएको थियो ।

अजित आफ्नो भाइ भएपनि फटाहा भएको र उसको मृ त्यु भइसकेको भन्दै आफूलाई जोगाउँदै आएका थिए । पछि उनीसँगै ड कै ती गर्न गएका उनकै साथीले अजित नै हो भनी सनाखत गरिदिएपछि गत मंसिर ६ गते उनलाई उनकै गाउँबाट सुनसरी प्रहरीले प क्रा उ गरेको हो ।

सुनसरी प्रहरीले साढे तीन महिनामा ५६५ जना फरार प्र ति वा दीहरु प क्रा उ गरेको सुनसरी प्रहरी प्रमुख सञ्जय थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस