संसारकै लामो कान भएको यो कुकुरले राख्यो गिनिज बुकमा नाम

काठमाडौ, धेरै मानिसहरुले आफ्नो अनौठो प्रतिभा देखाएर गिनीज बुक अफ वल्र्ड रेकर्ड राख्ने गर्छन् । यस्तै कुकुरले पनि वल्र्ड रेकर्ड राख्न सफल भएको छ ।

अमेरिकाको उक्त कुकुरको कान १२ दशमलव ३८ इन्च लामो भएका कारण गिनीज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गर्न सफल भएको हो । लामो कान भएको उक्त कुकुरको नाम लु हो

लु ३ बर्षको पोथि कुकुर हो । यो कुकुरको कानको लम्बाई अरु कुकुर भन्दा एकदमै धेरै छ । जिबित कुकुरमा सबैभन्दा लामो कान भएकोमा रेकर्ड रहेको हो । लु कुकुरको मालिकनी पेइज ओल्सेन हुन् । उनले लु लाई घरमा माया गरेर पालेकी छिन् । लु को कान ठुलो हुँदै गएपछि ओल्सेनले उनले नापिन् ।

कान धेरै ठुलो रहेको पाएपछि उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा निवेदन दिएकी थिइन् । कुकुरको कानको जाँच पनि उनले गराइन् । कुकुरमा कुनै शारिरिक समस्या नरहेको चिकित्सकले पनि बताए ।

प्रतिक्रिया दिनुहोस