कठोर राष्ट्रिय नीतिका कारण चिनियाँ ई-कमर्स संकटमा

बेइजिङ । चीन लामो समयदेखि विश्वको सबैभन्दा ठूलो ई कमर्स बजारको रूपमा चिनिएको छ। प्रविधि दिग्गजहरूद्वारा सञ्चालित ई कमर्स संयुक्त राज्य अमेरिकापछिको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनका उपभोक्ताको खर्च गर्ने व्यवहारमा क्रान्तिकारी परिवर्तन गर्न मद्दत गरेको छ।

बिग टेक कम्पनीहरूको मूल्य ई कमर्स प्लेटफर्महरु अलीबाबा समूह होल्डिङ, जेडी डटकम, मेइतुन, पिनडुडओ, टेन्सेन्ट होल्डिङ्सको नेतृत्वमा लगातार वृद्धि भइरहेको थियो। कोरोना महामारीका कारण पूरा अर्थतन्त्र ठप्प हुँदा पनि ई कमर्सको व्यापारमा भने वृद्धि हुँदै गएको थियो। प्राविधिक फर्महरू बीचको विश्वव्यापी स्टक बजारको प्रतिस्पर्धामा पनि करिब सय बिलियन अमेरिकी डदर बराबरको फाइदा उठाएका थिए।

अक्टोर २०२० को तथ्यांक अनुसार चिनियाँ टेक प्लेटफर्महरुले निकै राम्रो व्यापार गरेको र फाइदा उठाएको पाइएको थियो। तर, पछिल्लो समय चिनियाँ टेक जाइन्टहरुमाथिको नियमनका कारण ई कमर्समा संकटको अवस्था सिर्जना भएको छ।

गत वर्ष नोभेम्बर ६ मा, साइबरस्पेस एडमिनिस्ट्रेशन अफ चाइना, स्टेट एडमिनिस्ट्रेशन फर मार्केट रेगुलेसन र स्टेट ट्याक्स एडमिनिस्ट्रेशनलगायत २७ ठूला इन्टरनेट कम्पनीहरूसँग छलफल गरे। डिजिटल अर्थतन्त्रमा व्यवस्थालाई नियमन गर्नका लागि एकाधिकार अभ्यास, अनुचित प्रतिस्पर्धा र जालसाजी जस्ता समस्याहरू समाधान गर्ने तरिकाहरूबारे छलफल भएको थियो।

चार दिन पछि, स्टेट एडमिनिस्ट्रेशन फर मार्केट रेगुलेसनले इन्टरनेटमा आधारित एकाधिकारहरूमा लगाम लगाउन यसको मस्यौदा एन्टिट्रस्ट दिशानिर्देशहरू जारी गर्‍यो। यसले अर्थतन्त्रमा डिजिटल प्लेटफर्मको बढ्दो शक्ति, प्रभाव र जोखिमहरू र तिनीहरूको बजार अभ्यासहरूमा नीति निर्माताहरूको बढ्दो चिन्तालाई संकेत गर्‍यो।

इन्टरनेट प्लेटफर्महरूद्वारा एकाधिकारवादी अभ्यासहरू, जस्तै विक्रेताहरूलाई केवल एक प्लेटफर्ममा मात्र कारोबार गर्नको लागि माग गर्ने, वा ग्राहकहरूलाई तिनीहरूको किनमेल इतिहास र प्रोफाइलहरूको आधारमा फरक मूल्यहरू उपलब्ध गराउने, दिशानिर्देशहरू अनुसार गैरकानुनी हुने एसएएमएआरले जनाएको छ।

देशको बजार नियामकले राष्ट्रिय नीतिअन्तर्गत इन्टरनेट कम्पनीहरू बीचको प्रतिस्पर्धात्मक अभ्यासहरू परिभाषित गरिदियो। यस घोषणाले तुरुन्तै साउथ चाइना मर्निङ पोस्टका मालिक टेन्सेन्ट, मीटुआन र अलिबाबाबाट करिब १०२ बिलियन अमेरिकी डलरको बजार मूल्यमा गिरावट आयो।

आगामी दिनमा यसले थप समस्या सिर्जना गर्दै जाने देखिन्छ। जसका कारण चिनियाँ टेक जाइन्टहरु आफ्नो व्यापार विस्तार र लगानी थप गर्न त्रसित बनिरहेको अवस्था छ।

 

प्रतिक्रिया दिनुहोस