मिसकलबाट माया बसेपछि २० वर्षका युवकले ६० वर्षकी महिलासँग बिहे गरे

काठमाडौं। बिहेको विषयमा कुरा गर्दा केटा र केटीको उमेरको अन्तरलाई महत्व दिइन्छ । सामान्यतया केटाको उमेर केटीको भन्दा केही बढी भएको पाइन्छ । कहिलेकाहीँ केटीको उमेर पनि थोरै बढी हुन सक्छ । तर, ४० वर्षको उमेर अन्तर भने सामान्यतया स्वीकार गरिँदैन । भारतको मुरादाबादको रामपुरमा भने २० वर्षका एक युवकले ६० वर्षकी महिलासँग बिहे गरेका छन् ।

रामपुरको सैदनगरमा भएको यो विवाहका विषयमा त्यस क्षेत्रमा निकै चर्चा छ । युवक हरदोइका भएको बताइएको छ । भारतीय दैनिक अमर उजालाका अनुसार यी दुई मिसकलको माध्यमबाट एक अर्काको नजिक भएका थिए । दुई वर्ष पहिले यी युवकले आफ्नो मोवाइलबाट कहीँ फोन गर्दै थिए यही क्रममा गल्तीवश फोन अन्तै गयो । ६० वर्षकी ती महिलाले फोन उठाइन् त्यपछि दुवैबीच फोनमा कुरा हुन थाल्यो ।

फोनमा कुरा बढ्दै जाँदा दुवै नजिकिँदै गए । महिलाले युवकलाई आफ्ना पतिको मृत्यु भइसकेको बताएकी थिइन् । महिलाले आफूसँग करिब १२ विघा जमिन भएको बताउँदै बिहेपछि युवक आफूसँगै बस्नुपर्ने बताइन् । युवक पनि यसको लागि तयार भए । गत शनिबार युवक महिलाको गाउँ पुगे र दुवैले बिहे गरे । महिलाकी छोरीले आमाको बिहेबारे थाहा पाएपछि माइती आएर यको विरोध गरिन् । विवाद पुलिससम्म पुनि पुग्यो जहाँ महिला र युवाले आफ्नो इच्छाअनुसार बिहे गरेको बताएपछि पुलिसले पनि कुनै कारवाही गरेन ।

कानमा आवाज आउने रोग (उपचारविधिसहित)

तपाईका कानले कुनै आवाज बिना नै कुनै ध्वनी प्रतिध्वनित गर्दछ ? यदि आवाज आउछ भने सा`धारण समस्या होइन । यो टिनिटस भनिने रोग हुन सक्छ । यो रक्त वाहिकाको समस्या वा उमेरको साथ श्रवण श`क्ति गुम्नुसँग सम्बन्धित हुन सक्छ । टिनिटसको समस्यामा आवाज बिना कारण कानमा भित्रै गुन्जन्छ । तर यसको उपचार पनि गर्न सकिन्छ ।

टिनिटस हुने कारणहरु

कारखाना वा ध्वनी उपकरणको आवाज वा ठुलो आवाजमा जोखिमको कारण टिनिटसको समस्या उत्पन्न हन सक्छ ।
यसको प्रमुख कारण कानमा जमेको कानेगुजी हो । कानमा अत्यधिक मात्रामा कानेगुजी जमेको कारण यस्तो समस्या आउने गर्छ ।

कानको हड्डी पनि यसमा जिम्मेवार हुन सक्छ, यसले सुन्ने क्षमतालाई नराम्रो असर गर्छ ।यस्तो समस्या आएमा तुरुन्त डाक्टरलाई सम्र्पक गर्नुहोस् ।
उमेर ढल्कदै जादाँ सुन्ने क्षमता पनि कम हुदै जान्छ । झन् ६० वर्ष पछि त धेरै नै यो समस्याको जोखिम बढी हुने गर्छ ।
टिनिटसका लक्षणहरु

कानमा हुने लक्षण, गर्जन जस्तो आवाज, कानको घण्टी र कानमा आवाज निकाल्दा टिनिटसका प्रमुख लक्षण हुन् । समस्याको गम्भिरताको आधारमा आवाजहरु ठुलो र सानो हुने गर्छन् । उक्त आवाज एक वा दुई कानमा नै हुन सक्छ ।यो समस्या केहि दिन वा धेरै दिन पनि जारी रहन्छ ।

टिनिटसका प्रकारहरु

१.धेरै जसो व्यक्तिहरुमा कानको भित्री, बाहिरी वा मध्य भागको समस्या हुन्छ । सुन्ने क्षमताका लागि जिम्मेवार नशाहरमा हुने कुनै पनि समस्यालाई `व्यक्तिपरक टिनिटस भनिन्छ ।

२.वस्तुनिष्ठ, यो डाक्टरद्वारा प्राविधिकमा मात्र देखा पर्दछ ।यस्तो टिनिटसले रक्त धमनीहरुमा समस्याहरु निम्त्याउँन सक्छ । यो धेरै थोरै मानिसहरुमा देखिएको छ ।

टिनिटसका उपचार

१.समय समयमा कान सफा गर्नुहोस् । सुरक्षित साधनहरु प्रयोग गरेर कानमा भएको कानुगुजी निकाली राख्नुहोस् ।
२.धेरै हल्ला आउने स्थानबाट टाढा बस्नुहोस् । यसले तपाईको सुन्ने क्षमतालाई निकै असर गर्छ ।
३. सकिन्छ भने कानमा ढाक्न मास्क प्रयोग गर्नुहोस्, जसले आवाजलाई हल्लाबाट सुरक्षित राख्न मद्दत गर्दछ ।
४. वातावरणीय ध्वनीका स्रोतहरुलाई उपकरणको प्रयोग गर्ने, यसो गर्दा कानलाई धेरै नै लाधदायक हुन्छ ।

टिनिटसको समस्या मा औषधीको साइड इफेक्टमा पनि देखा पर्न सक्छ, त्यसैले डाक्टरको सल्लाहमा मात्र औषधी सेवन र परिर्वतन गर्नूपर्दछ ।

प्रतिक्रिया दिनुहोस