अमलाकाे जुस पिउनुका यी ५ फाईदा जुन फाईदा स्वास्थ्यका हिसाबले बरदान भन्दा कम छैनन्

अमलाकाे जुस पिउनुका यी ५ फाईदा जुन फाईदा स्वास्थ्यका हिसाबले बरदान भन्दा कम छैनन् । अमलालाई पोशाक तत्वको राजा मान्ने गरिन्छ । अमलामा ति सबै जरूरी मिनिरल्स र भिटामिन पाइन्छ जुनले शरीरलाई स्वस्थ मात्र नराखी कयौं तरिकाको रोगबाट पनि बचाउने काम गर्छ । अमलालाई डाइटको रुपमा कयौं तरिकाले समावेश गर्न सकिन्छ । तपाइँ अमलालाई काचै पनि खान सक्नुहुन्छ, यसको जूस पिउन सक्नुहुन्छ वा अचार वा जाम बनाएर पनि खान सकिन्छ । अमलाले तपाइँलाई फाइदा पुर्याउँछ ।

१) भरपूर मात्रामा पान्छ भिटामिन :- अमलामा प्रयाप्त मात्रामा भिटामिन सि पाइन्छ, जसले प्रतिरक्षा र मेटाबलिज्म बढाउने काम गर्छ । अमलाले रुघाखोकी, कफ जम्नेको अलावा शरीरमा भाइरल र ब्याक्टेरियल इन्फेक्शन फैलाउन दिदैन । अमलामा यस्तो तत्व पनि पाइन्छ जुन क्यान्सर सेल्सबाट लड्न काम गर्छ । आयुर्वेदका अनुसार, अमलाको जूसले शरीरका सबै प्रक्रियालाई सन्तुलित गर्दछ ।।

२) मुखको छालामा उपयोगी :- स्वास्थ्य विज्ञका अनुसार, अमलाको रस सेवनले रुघा-खोकीको साथै मुखको छालाको लागि पनि निकै फाइदादायक हुन्छ । अमलालाई एक महत्वपूर्ण घरेलू उपायको तरिकाले प्रयोग गर्न सकिन्छ । दुई चम्चा अमलाको जुसमा दुई चम्चा मह मिलाएर दैनिक पिउनाले सर्दी र खोकी निको पार्नमा मद्दत मिल्छ । मुख भीत्रको घाउको समस्याबाट छुटकारा पाउनको लागि अमलाको जुस पानीमा घोलेर पिउदा तथा कुल्ला गर्दा फाइदाजनक हुन्छ ।।

३) कोलेस्ट्रोलको स्तर सही हुन्छ :- अमलाले कोलेस्ट्रोललाई सहि राख्छ । नियमित रूपमा अमलाको जुस पिउनाले कोलेस्ट्रोलको स्तर कम हुन्छ र शरीर स्वस्थ रहन्छ । यसमा पाइने एमिनो एसिड र एन्टीअक्सिडेन्टको कारणले मुटुले राम्ररी काम गर्छ ।।

४) अस्थमा सही राख्छ :- अमला स्वासप्रस्वासको रोगिहरुको लागि फाइदाजनक हुन्छ । अस्थमालाई सही राख्न डाईबिटीजलाई पनि कन्ट्रोल गर्दछ । अमलाको सेवनले पाचनप्रणालीलाई पनि राम्रो बनाउदछ ।।

५) कपाललाई पुर्याउँछ फाईदा :- अमलाले कपाललाई पनि फाइदा पुर्याउँछ । हाम्रो कपालको संरचनालाई राम्रो बनाउन ९९ प्रतिशत प्रोटीनको योगदान हुन्छ । अम्लामा पाइने एमीनो एसिड र प्रोटीनले कपाल बढ्न मद्धत गर्छ, साथै कपाल झर्न पनि मद्धत दिन्छ ।।

प्रतिक्रिया दिनुहोस