३० जनालाई मारेर खाए यी जोडीले, मानव मासुको बनाएका थिए अचार

रुसको क्रासनोदर सिटीमा पुलिसले एक ‘नरभक्षी’ जोडीलाई पक्राउ गरेको छ । जोडीले आफ्नो अपराध स्विकार गरेका छन् । उनीहरुले सन् १९९९ देखि अहिलेसम्म ३० जनालाई मारेर उनीहरुको मासु खाएको स्विकारेका छन् । पुलिसले यो जोडीको घरबाट आठ शवको अंग पनि बरामद गरेको छ ।

मानव मासुको बनाएर राखेका थिए अचारः

पुसिल रिपोर्ट अनुसार क्रासनोदर सिटिमा बस्ने ३५ वर्षका दिमित्री बोकेशेवले मानिसलाई मारेर उनीहरुको मासु खाने सिलसिला सन् १९९९ देखि सुरु गरेको स्विकारेका छन् ।दिमित्रीले उक्त अपराधमा उनकी ४२ वर्षीया नर्स श्रीमती नतालिया पनि समावेश भएको जानकारी दिए । पुलिसले नतालियालाई पनि पक्राउ गरेको छ ।

यो जोडीले मानव मासुलाई थुप्रै दिनसम्म फ्रिजरमा राख्ने गरेको र उक्त मासुको अचार पनि बनाउने गरेको खुलासा भएको छ ।उनीहरुले घरमा नै एउटा भण्डार बनाएका थिए जहाँ उनीहरु आफ्ना शिकारीको शरिरको टुक्रा राख्थे र उनीहरुसँग सेल्फी पनि खिच्थे ।

उक्त भण्डारबाट १९ वटा छाला पनि बरामद गरिएको छ । यसबाट यो पत्ता लाग्छ कि आरोपीले हत्या पछि शवबाट छाला निकाल्ने गर्दथे ।

लागुपदार्थ दिएर बनाउँथे शिकारः

पुलिसको एक रिपोर्ट अनुसार अहिलेसम्म दिमित्री र नतालियाको भेट र विवाह कसरी भयो भन्नेबारे जानकारी आएको छैन । यद्यपी, उनको परिवार मिलिट्री एकेडेमीको क्वार्टर होस्टेलमा बस्ने गरेको पत्ता लागेको छ ।

अहिले यी दुबैलाई हिरासतमा राखिएको छ । उनीहरुले मानिसहरुलाई लागुऔषध दिएर आफ्नो शिकार बनाउने गरेको बताइएको छ । लागुऔषधको नशा चढेपछि उनीहरुको हत्या गरिने पनि खुलासा भएको छ आरोपीहरुको मनोरोग सम्बन्धि परिक्षण पनि गरिएको छ जसमा दुबै मानसिक रुपमा स्वस्थ बताइएको छ ।

प्रतिक्रिया दिनुहोस