श्वेता खड्कासँग ८६ लाख रूपैयाँ लिएर फिर्ता नगरेपछि…

नायिका श्वेता खड्कासँग पैसा लिएर फिर्ता नगर्ने एक व्यवसायी पक्राउ परेका छन।

प्रहरीका अनुसार नायिका खड्कासँग ८६ लाख रुपैयाँ ऋण लिएर फिर्ता नगर्ने जग्गा कारोबारी चितवनका काजी गुरुङलाई नियन्त्रणमा लिइएको छ।

गुरुङले पैसा फिर्ता गर्ने नाममा बैंकमा पैसा नै नभएको चेक दिएका थिए। पैसा नपाएपछि नायिका खड्काले प्रहरीमा चेक बाउन्सको मुद्धा हालेकी थिइन्।

श्वेताको उजुरीसँगै काठमाडौं प्रहरी परिसरको टोलीले गुरुङलाई पक्राउ गरेको छ। एक हप्ताअघि पक्राउ गरेर उनीमाथि अनुसन्धान जारी राखेको प्रहरीको भनाई छ।

गायिका इन्दिरा जोशीका हुनेवाला श्रीमान् शरद केडिया को हुन?

गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इंगेज्मेन्ट गरेकी छन्। शरदले इन्दिरालाई हेलिकोप्टरमा खुम्बु पुर्याएर औंठी साटासाट गरेका हुन्।

इन्दिराले शरदले आफूसँग बिहे प्रस्ताव राखेको र आफूले ओके भनेको आफ्नो फेसबुक स्टाटसमा पोस्ट गरेकी छन्।

उनले शरदले आफूलाई औंठी लगाइदिएको विभिन्न तस्बिरहरूसमेत पोस्ट गरेकी छिन्। फेसन डिजाइनरका रूपमा कार्यरत शरद र इन्दिरा पछिल्लो दुई वर्षयता प्रेममा रहेको बताइन्छ।

‘लूट’ फिल्मको आइटम गीत उध्रेको चोली..बाट चर्चामा आएकी गायिका इन्दिरासँग इंगेज्मेन्ट गरेका शरद पेसाले फेसन डिजाइनर हुन्। काठमाडौ, नक्सालमा फेसन स्टोर चलाइरहेका उनी विभिन्न नयाँ डिजाइनका ड्रेस तयार पार्न माहिर छन्।

फेसन डिजाइनिङकै क्रममा करिब चार वर्षअघि इन्दिरा र शरदको भेट भएको थियो। व्यापारिक घराना केडिया ग्रुपका सदस्य शरद र इन्दिराबीचको मित्रता विस्तारै प्रेममा बदलिँदै गएको बताइन्छ। उनीहरूबीचको प्रेमको सामीप्यता यति बढ्यो कि उनीहरू दुई वर्षयता बुढानिलकण्ठस्थित एक अपार्टमेन्टमा सँगै बस्ने गरेकोसमेत उनीहरूका निकटवर्तीहरू बताउँछन्।

विशेष गरी आइटम गीतका कारण चर्चामा छाउने गरेकी इन्दिरा पछिल्लो समय नेपाल आइडलकी एक निर्णायकका रूपमा समेत रहँदै आएकी थिइन्।

शरद भने फेसन डिजाइनका कारण नेपाली महिला सेलिब्रेटीमाझ परिचित छन्।

प्रतिक्रिया दिनुहोस