बाजुरा विमानस्थलमा मानिसहरुले धकेलेको जहाजको बास्तबिकता के हो ? किन यो तस्बिर भाईरल बन्दै छ ?

बाजुरा विमानस्थलमा हलुका सवारी साधन जसरी मानिसहरुले एउटा जहाज धकेलेको राेचक दृश्य देखियो । जहाँ यात्रुहरुले तारा एयरको एउटा जहाज धकेलेका थिए । चारपाङ्ग्रे हलुका सवारी धकेलेको देखेका तपाईं हामीलाइ यस्ताे देख्दा अचम्म लाग्न सक्छ ।

मानिसहरुले धकेल्नुकाे करण यस्ताे रहेकाे छ । हुम्लाको सिमकोटबाट ९ एन–एभीई जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो । जहाज धावनमार्गबाट ट्याक्सी–वेमा पुगिसकेपछि पछाडिको टायर पड्कियो र ट्याक्सी–वे अवरुद्ध भयो । विमानस्थलमा समिट एयर र तारा एयरबाट नेपालगञ्ज झर्न तयारी अवस्थामा थिए ।

तर टायर पड्किएको तारा एयरलाइन्सको विमान ट्याक्सी वेबाट नहटाएसम्म उड्न नपाउने भए । त्यसपछि यात्रु र सुरक्षाकर्मी मिलेर ट्याक्सी–वेबाट जहाजलाई धकेलेर किनारा लगाए । अहिले मानिसहरुले जहाज धकेलेको राेचक दृश्य समाजिक सञ्जालमा भाइरल बनेकाे छ ।

प्रतिक्रिया दिनुहोस