शरीरमा कसरी लाग्छ क्यान्सर ? सावधान ! कतै हामीले यी गल्ती गरिरहेका त छैनौँ ?

काठमाडौँ । बदलिदो जीवनशैली तथा गलत खानपानका कारण शरीरमा विभिन्न किसिमको रोग लाग्ने गर्छ। यसको मुख्य कारण भनेको अस्वस्थ्यकर खानपान तथा बदलिदो जीवनशैली नै प्रमुख हो।

आश्चर्यजनक के छ भने, ९० प्रतिशत मानिसको मृत्यु क्यान्सर रोगको कारण नभई उपचारको क्रममा मृत्यु हुने गर्छ । त्यसैले, निकै सावधानीपूर्वक यसको उपचार जरुरी छ।

के हो क्यान्सर ?
क्यान्सर एक प्रकारको प्राणघातक रोग हो। क्यान्सरबाट पिडित विरामी सपिजलै ठीक हुँदैनन्, किनकी यस रोगको लक्षण ढिला पत्ता लाग्छ। र, संसारमा क्यान्सर रोगको स्थायी उपचार अहिलेसम्म पत्ता लागेको छैन । समय रहँदै यस रोगको उपचार सही तरिकाले नभएको खण्डलाई यसलाई रोक्न मुश्किल हुन्छ।

शरीरमा कसरी हुन्छ क्यान्सर ?
शरीरमा हजारौको संख्यामा खराब कोशिका हुन्छन्। प्रत्येक सेकेन्डमा नयाँ कोशिका पैदा हुन्छ र पुरानो खराब कोशिका नष्ट हुन्छन्। तर क्यान्सर भएमा रातो तथा सेतो रक्तकोषिको सन्तुलन विग्रन थाल्छ। र, कोषिकाको विकास अनियन्त्रित रुपमा भएर क्यान्सरको रुपमा परिणत हुन्छ।

क्यान्सरका प्रकार ?
क्यान्सर चार प्रकारको हुन्छ ।

सारकोमा क्यान्सरः यो रगत तथा हड्डीसित सम्बन्धित हुन्छ ।

कार्सिनोमा क्यान्सरः यो छालासित सम्बन्धित हुन्छ ।

लिम्फोमा क्यान्सरः लिम्फोमा नामक क्यान्सर ग्रन्थीसित सम्बन्धित हुन्छ ।

ल्यूकेमिया क्यान्सर स् रगत बनाउने कोशिकाको क्यान्सरलाई नै ल्यूकेमिया क्यान्सर भनिन्छ ।

क्यान्सर हुनुको कारण

-मादक पदार्थको सेवन : जस्तै, खैनी, सुर्ती, पान, मसाला, विडी, चुरोट, मदिरा इत्यादी ।

-खानपान : जस्तै, चिल्लो तथा वोसोयुक्त खानेकुराको सेवन, अत्याधिक मात्रामा नुनको सेवन, पचाउन समय लाग्ने खानेकुराको सेवन, ज्यादा समय एकै ठाउँमा बसेमा ।

-मोटोपना, हेपाटाइटिस बी तथा एचआईभीको भाइरसका कारण ।

-महिलामा क्यान्सरको हुनुको कारण : नवजात शिशुलाई आमाको दूध नपिलाए, गर्भनिरोधक चक्कीको अत्याधिक प्रयोग ।

-महिनावारी पश्चात्त काखी वा स्तनमा गाँठो देखिनु ।

-स्तनमा कुनै किसिमको बदलाव देखिनु वा खाल्डो पर्नु ।

क्यान्सरका लक्षण

-मुखभित्र छाला पर्नु, मुख सोरिनु तथा पूरा नखुल्नु

-खाना खान, चपाउन, निल्न तथा पचाउन समस्या हुनु

-कम्मरमा सदैव पिडा महसुस हुनु

-पिसाबमा रगत आउनु, पिसाबको समय बदलिनु

-लगातार खोकी लाग्नु, आवाज सुक्नु तथा खकारमा रगत देखिनु

-स्तन तथा शरीरको कुनै अंगमा गाँठागुठी देखिनु

-शरीरमा रगतको कमी हुनु, एनिमियाको समस्या हुनु

प्रतिक्रिया दिनुहोस