बालाजुको गेष्टहाउसबाट तीन युवक पक्राउ, पैसा कमाउने उनिहरुको आईडिया पनि गज्जबको रहेछ

काठमाडौँ – काठमाडौँ महानगरपालिका-१६ बालाजु बसन्तनगरस्थित गेष्ट हाउसबाट ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ मनमैजु बस्ने नुवाकोट बिदुर नगरपालिका-६ घर भएका ३१ वर्षीय प्रदिप घिमिरे, काठमाडौँ मनमैजु बस्ने नुवाकोट बिदुर नगरपालिका-२ घर भएका ३१ वर्षीय राजेन्द्र परियार र काठमाडौं तारकेश्वर नगरपालिका फुटुङ बस्ने ३६ वर्षीय रंजित कार्की छन् ।

गेष्ट हाउसमा युरेनियम जस्तो देखिने टल्किने पदार्थको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको पदार्थसहित फेला पारी पक्राउ गरेको हो । उक्त पदार्थ प्रति किलो २ करोडका दरले किनबेच हुन लागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूलाई १ किलो २ सय ग्राम यूरेनियम जस्तो देखिने टल्किने पदार्थसहित आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस