नाै बर्षिया छाेरीकाे उपचारमा २ बर्ष देखि होमिएको परिवारमा चरम आर्थिक समस्या

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा १० स्थित सिद्धार्थ सेकेण्डरी स्कुलकाे कक्षा २ मा अध्ययन गर्दै आएकी नाै बर्षिया विद्यार्थी प्रिस्का पराजुली गम्भीर बिरामी भएर लामाे समय देखि उपचारकाे क्रममा रहदा अहिले परिवारमा ठूलाे आर्थिक समस्या भएको छ ।

गम्भीर बिरामीका कारण उपचारमा रहेकी बिद्यार्थीलाई सहयाेग गरि दिन सिद्वार्थ स्कुल द्वारा अपिल समेत गरिएको छ । सङ्खुवासभा खाँदबारी स्थायी घर भई सानै देखि गम्भीर बिरामी भएर जाँच गर्दा क्यान्सर रोग देखिएकोले हाल भारतको Narayana Superspeciality Hospital, Gurugram मा प्रिस्का उपचाररत छिन् । उनको अवस्था सुधारोन्मुख भए पनि जटिल रोग र लामो समय सम्म २ बर्ष देखि उपचार गर्दा परिवारलाई ठूलो आर्थिक समस्या परेको जानकारी प्राप्त भएको छ ।

सिद्वार्थ स्कुलमा पढ्दै गरेकी सानी नानी प्रिस्का पराजुलीकाे गम्भीर राेगका कारण भारतमा अझै उपचार भै रहेको तथा घर परिवारकाे समेत आर्थिक समस्या बढेका कारण आफुलाई चिन्ता भएको विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतले बताए। उनले विद्यालयका सबै विद्यार्थी, शिक्षक , अभिभावक लगायत समाजका सबै सङ्घ संस्था र व्यक्ति मिलेर नानीलाई सकेको सहयोग गरी उनको उपचारमा सघाउन हार्दिक अपिल गरेका छन् ।

अझै पाँच महिना विरामीलाई डाक्टरको निगरानीमा नियमित राखेर कीमोथेरापी गर्नुपर्ने हस्पिटलले उल्लेख गरेको बताइएको छ । लामाे समय देखीको निरन्तरको महँगो उपचारले विरामीकाे परिवारमा सम्पुर्ण चल अचल सम्पती बिक्री भै सकेकोले बाँकीँ उपचारको लागी सकेको सहयोग गरि दिन परिवार तथा अन्य संघ संस्थाले समेत अपिल गरेका छन् ।

गम्भीर राेगका कारण विरामी भएर उपचारमा रहेकी प्रिस्का पराजुलीकाे आर्थिक सहयोग सङ्कलन गर्न सुन्दरहरैंचामा रहेको सिद्वार्थ स्कुलका विद्यार्थीलाई अनुरोध गरिएकोमा कक्षा ४ कि विद्यार्थी युना तामाङले आफ्नो खाजा खर्च कटाएर बचत गर्ने गरेको रकमबाट रु. ५ सय दिएर राम्रो सुरुवात गरेकाे विद्यालयका सहायक प्रिन्सिपल जे वि थुलुङले बताए । साथै कक्षा ६ कि विद्यार्थी अभिज्ञा आचार्यले समेत आफ्नो गुन्युचोली कार्यक्रम नगर्ने गरी अभिभावकलाई अनुरोध गरेर रु. ५ हजार प्रदान गरेकाे थुलुङले उल्लेख गरेका छन् ।

सानै उमेर देखि गम्भीर राेगका कारण विरामी परेर भारतमा उपचाररत नानीलाई मानवीय नाताले सहयाेग गर्न चाहानेहरुले विद्यालयकी अध्यक्ष निलम ढुङ्गानाकाे नाममा रहेको नबिल बैंक लिमिटेडकाे खाता न. 08710017501055 मा रकम जम्मा गरि दिन हार्दिक अपिल गरिएको छ । साथै थप केही बुझेर सहयाेग गर्न चाहेमा विद्यालयका प्रिन्सिपलकाे माेवायल न. 9852054850 मा सम्पर्क गरेर सकेको आवश्यक सहयाेग गरि दिन अनुराेध गरिएको छ।

प्रतिक्रिया दिनुहोस