ललितपुरबाट ५१ वर्षीया दुर्गा सापकोटा पक्राउ, यो उमेरमा गर्नै नहुने काम गरेपछी चिसोछिँडीको बास !

मंसिर, काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले फरार प्रतिवादी महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० घर भइ ललितपुर जिल्ला सानागाउँ बस्‍दै आएकी ५१ वर्षीया दुर्गा शाही सापकोटा रहेकी छिन् ।

उच्च अदालत पाटनले उनीविरुद्ध मंसिर १६ गते सात दिन कैद र १३ लाख ६५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।अदालतको फैसलापछि फरार रहेका सापकोटालाई ललितपुर सानागाउँमा लुकिछिपी बसेको अवस्थामा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले बुधबार नियन्त्रणमा लिएको हो ।

आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै सापकोटाले २०७५ साल कात्तिक ६ गते रकम भुक्तानीका लागि हिमालयन बैंक लिमिटेडको चेक काटेर दिएकी थिइन् ।पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि बुधबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको ब्‍यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस