भारत आइपुग्यो ओ’मिक्रोन भेरियन्ट, विज्ञ भन्छन्- हाम्रो लागि ख’तराको घन्टी बज्यो

पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको को’रोनाको नयाँ भेरियन्ट ‘ओ’मिक्रोन’ छिमेकी मुलुक भारतमा समेत देखिएपछि नेपालमा चासो र चि’न्ता व्यक्त गर्न थालिएको छ।

भारतको दक्षिणी राज्य कर्नाटकका ६६ र ४६ वर्षका दुई पुरुषमा यो भा’इरस फेला परेको हो। उनीहरु दुवै जनालाई अहिले निगरानीमा राखिएको छ। सरकारी अधिकारीका अनुसार ती संक्रमितहरु दक्षिण अफ्रिकाबाट आएका थिए। उनीहरूमा सामान्य लक्षणमात्र देखिएको छ।

विश्व स्वास्थ्य संगठनले ओ’मिक्रोनका कारण ‘संक्रमणको जो’खिम उच्च रहेको’ जनाइसकेको छ। भारतको राजधानी दिल्लीमा को-भि’ड पुष्टि भएका छ जनाको र महाराष्ट्रमा सङ्कलित थप छ जनाको नमुना ओ’मिक्रोनबाट सङ्क्रमण भएको हो कि होइन भनेर छुट्ट्याउन जीन सी’क्वन्सिङका लागि पठाइएको थियो।

ती परीक्षणको परिणाम अझै आइसकेको छैन। यस्तै, अरू सहरमा पनि ओ’मिक्रोनको परीक्षण सुरु गरिएको छ। बुधवारदेखि लागू हुनेगरी भारतले उच्च जोखिम भएका देश बेलायत, दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बंगलादेश, हङ्‌कङ र इजरायलबाट आउने यात्रुलाई क’डाइ गरिएको छ।

भारत आइपुग्नासाथ ती यात्रुको परीक्षण गरिनेछ र नतिजा नआएसम्म उनीहरूलाई विमानस्थलबाहिर जान दिइनेछैन। सङ्क्रमण पुष्टि हुने यात्रुलाई छुट्टै राखेर उपचार गरिनेछ र उनीहरूको नमुना ओमिक्रोन जाँचका लागि जीन सीक्वन्सिङ गर्न पठाइनेछ को-भि’ड पुष्टि नहुने यात्रुले सात दिन घरमा क्वारेन्टिनमा बस्नुपर्ने र आठौँ दिन फेरि परीक्षण गर्नुपर्ने नियम छ।

विश्व स्वास्थ्य सङ्गठनले गत साता नयाँ भेरिअन्टलाई ‘भेरिअन्ट अफ कन्सर्न’ का रूपमा वर्गीकरण गरेको थियो। नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अनुरोध गरेको छ ।दक्षिण अफ्रिकी नागरिकलाई प्रवेशमा रो’क लगाएको छ भने अरु देशका ना’गरिकको हकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल–भारत सीमा नाकाहरुमा परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

नेपालमा के छ जो’खिम? नेपालमा पनि नयाँ भेरियन्ट भित्रिनसक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट भारतमा पनि देखिएकाले नेपाल सतर्क हुनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रो’ग अस्पतालका संक्रामक रो’ग विशेष डा शेरबहादुर पुन बताउँछन्।

नयाँ भेरियन्टमा प्रयोगमा आइरहेको खोपलाई समेत छल्ने क्षमता पाइए अर्को ठूलो स’मस्या ल्याउन सक्ने उनी बताउँछन्। ‘अहिले नेपालमा हवाईसेवा पनि खुल्ला भइसकेको छ। नयाँ भेरियन्ट भेटिएको मुलुकसँग सिधै हवाई सम्पर्क नभए पनि अन्य मुलुक भएर त्यहाँका नागरिकहरु नेपाल आउन सक्छन्।

जसले थप जो’खिममा निम्ताउन सक्छ,’ डा पुन भन्छन्। भारतसँगको खुला सीमा, विभिन्न मुलुकसँगको सिधा हवाई सम्पर्कका कारण नयाँ भेरियन्ट नेपाल भित्रिन सक्ने डा पुनको तर्क छ। ‘ भारतसँगको खुला सीमा छ। भारतमा देखिएको खण्डमा हाम्रा लागि ख’तराको घन्टी हो,’

डा पुन भन्छन्, ‘यसभन्दा अगाडिको अनुभवले पनि भारतमा फैलिएपछि नेपालमा नियन्त्रण गर्न गाहो देखिएको छ।’डा पुन ओ’मिक्रोन, डेल्टा भेरियन्टभन्दा बढी संक्रामक भए जो’खिम हुनसक्ने बताउँछन् । बढी संक्रामक हुँदा संक्रमण तीव्र रुपमा फैलिने र उपचार प्रणालीमा स’मस्या ल्याउने उनको भनाइ छ ।

के छ नेपालको स्थिति? नेपालमा अहिलेसम्म ओ’मिक्रोन भेटिएको पुष्टि भएको छैन। तर को’रोनाभाइरसको यो नयाँ भेरिअन्ट भित्रिन सक्ने जो’खिमलाई दृष्टिगत गर्दै नेपालमा भेटिएका को’रोनाभाइरसको जीन सी’क्वेन्सिङ कार्यलाई पहिलेको तुलनामा तीव्र पार्नेगरी काम अघि बढाइएको अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारी नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावना रहेको स्वीकार्छन्। तर, यसको लागि उच्च सतर्कता अ’पनाउन थालिएको उनले बताए। ‘बाहिरबाट आउने मानिसको नि’गरानी तथा परीक्षण गर्ने काम भइरहेको छ,’ डा अधिकारीले भने, ‘परीक्षण गरिएका मध्येबाट जि’न सि’क्वेन्सिङ गर्ने काम भइरहेको छ।’

सरकारले नि’गरानी प्रणालीलाई अलर्ट बनाइसकेको डा‌ अधिकारीले बताए। नयाँ भेरियन्ट भेटिएको मुलुकबाट आउनेलाई विमानस्थलमै हेल्थ डेस्क राखेर टेस्ट गर्ने र क्वा’रेन्टिनमा राख्ने काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अधिकारीका अनुसार ओ’मिक्रोनको जोखिमबारे विचार गरेर परीक्षण र जी’न सी’क्वन्सिङको पाटोमा गरिने कामलाई तीव्रता दिन थालिएको छ।

प्रतिक्रिया दिनुहोस