मलाई किन ज’न्माएको भनेर डाक्टरलाई युवतीले मु’द्दा हा’लिदिएर जितिन् करोडौं क्षतिपूर्ति

काठमाडौं। बेलायतमा निकै विचित्र घटना भएको छ । यहाँ २० वर्षकी एक युवतीले आफ्नी आमाका डाक्टरलाई मु’द्दा हा’लिदिएर करोडौं षतिपूर्ति जितेकी छिन् ।

एवी टुम्बस नामकी यी युवतीले डाक्टरले आफूलाई ज’न्मनबाटै रो’क्नुपर्नेमा आफूलाई ग’म्भीर स्वास्थ्य स’मस्याको साथमा जन्माएको आरोप लगाउँदै मु’द्दा हालेकी थिइन् ।द सनका अनुसार एवीको जन्म २००१ मा भएको थियो । उनलाई ज’न्मिँदा नै लि’पेमाइलोमेनिंगोसेले नामको स्वास्थ्य स’मस्या थियो ।

यो एक प्रकारको ग’म्भीर स्वास्थ्य स’मस्या हो जसलाई मेडिकल भाषामा स्पा’इना बिफिडा भनिन्छ । यही स्वास्थ्य समस्याका कारण उनले डाक्टरलाई मु’द्दा हा’लिदिएकी थिइन् ।एवीका अनुसार डाक्टर फिलिप मिचेलले उनी ज’न्मिनुभन्दा पहिले उनकी आमालाई सही औ’षधिको सल्लाह दिएका थिएनन् ।

यदि डाक्टरले उनकी आमालाई ग’र्भधारणकै बेला सही सल्लाह दिएको भए उनको यस्तो अवस्था हुँदैनथ्यो । उनका अनुसार डाक्टरलाई उनी अ’पांग जनिमन्छिन् भन्ने पहिल्यै थाहा थियो ।एवीको दावीअनुसार डाक्टरले उनलाई जन्मिनबाट रोक्नुपर्ने थियो र डाक्टरले रोक्न पनि सक्थे तर डाक्टरले उनलाई ज’न्मिन दिए ।

लण्डन हाइकोर्टका डाक्टर रो’जालिंड कोए क्यु’सीले सुनुवाइका क्रममा एवीको समर्थन गरे र डाक्टरले क्ष’तिपूर्ति तिर्नुपर्ने फैसला गरे । अब एवीले कति रकम क्षतिपूर्ति पाउने भन्ने निश्चित गर्न फेरि अर्को मितिमा सुनुवाइ हुनेछ ।

प्रतिक्रिया दिनुहोस