बिश्वकपको लागी ५ महिना कामदारले कतार छोड्नुपर्ने, कतारले ५ महिनाको तलब दिने

सन् २०२२ को नोभेम्बरमा हुने विश्वकपको तयारी गरिरहेको कतारले सबै विदेशी नागरिकलाई देश छोड्न अल्टिमेटम दिएको छ। कतार सरकारले दिएको निर्देशन अनुसार अब कतारमा रहेका कामदारले २०२२को अगष्टसम्म देश छोड्नु पर्ने भएको हो।

कतार सरकारको यस्तो निर्णयसँगै त्यहाँ बसेर काम गर्दै आएका थुप्रै आप्रवासी कामदार आफ्नै देश फिर्ता हुन् वाध्य भएका हुन्। त्यहाँको सरकारले कामदारलाई आफ्नो देश छोड्न निर्देशन दिएपनि ५ महिनाको तलब भत्ता समेत उपलब्ध गराउने घोषणा गरेको बताइएको छ।

आप्रवासी कामदार सम्बन्धि यस्तो नियम ल्याएसँगै त्यहाँ बसोवास गर्ने नेपालीसमेत प्रभावित हुने भएका छन्। कतारमा चार लाखको हाराहारीमा नेपाली कामदार रहेको हालको अवस्थामा त्यहाँको सरकारको यस्तो निर्णयले उनीहरुमा थप अन्योल उत्पन्न भएको छ।

घरबाट थुप्रै सपना बोकेर विदेशिएका युवाहरु छिटै फर्किन वाध्य हुने अवस्था आएपछि निकैको परिवारमा तनाव आएको छ। तर कतार सरकारले बिदा समयको तलबभत्ता दिने र अपडाउनको टिकट समेत उपलब्ध गराएको अवस्थामा धेरै मार नपर्ने बुझिएको छ।

कतारमा सन् २०२२ मा हुने विश्वकपको लागि तयारी सुरु भइसकेको समाचार समेत हामीलाई प्राप्त भएको छ। सो खेलका लागि अहिले विभिन्न देशबीच छनोट खेलसमेत भइरहेको छ।

यसै खेलका लागि सम्पूर्ण आप्रवासीलाई अगष्टमा कतार छोड्न भनेपछि विभिन्न देशबाट त्यहाँ पुगेका हरु आफ्नो गंत्यब्यमा सो समय भित्र फर्किने तयारीमा लागेका छन्।

त्यहाँ रहेका सबै कम्पनिले सरकारको निर्देशन अनुसार आफ्ना कामदारलाई उचित राहतसँगै घर पठाउने व्यवस्था मिलाउनेछन्।

प्रतिक्रिया दिनुहोस