ओमिक्रोन १० दिनभित्रै ३५ देशसम्म पुग्यो, यसबाट बच्न के गर्ने ? जान्नुहोस्।

क्षिण अफ्रिकामा को`रोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि कर्नाटकमा पनि बिहिबार यसका दुईजना संक्र`मित भेटिएका छन् । हालसम्म नेपालमा भने यसबारे केही जानकारी छैन ।

२४ नोभेम्बरमा ओमिक्रोन भेरियन्टको पहिलो संक्रमित पुष्टि भएपछि ३ डिसेम्बरसम्म अर्थात् १० दिनभित्रै यो नयाँ स्ट्रेन ३५ वटा देशसम्म फैलिसकेको छ । संसारभरी यसका करिब चारसय संक्र`मित भेटिएका छन् ।भारत र नेपालमा दोस्रो लहरका लागि डेल्टा भेरियन्ट जिम्मेवार ठानिएको थियो ।

नयाँ भेरियन्टको संक्रा`मकताको विषयतमा विज्ञले चेता`वनी पनि जारी गरिसकेका छन् । कतिले ओमिक्रोन डेल्टाभन्दा १० गुणा बढी गतीमा फैलन सक्ने बताएको छ । नयाँ भेरियन्टको विषयमा संसारभरी डरको स्थिति छ र एकपटक पुनः प्रतिब`न्धको स्थिति निम्तिएको छ ।

प्रतिक्रिया दिनुहोस