जोत्ने गोरु बिक्रि गरेर श्रीमतिको उपचारका लागि हस्त बुढा श्रीमतिलाइ बोकेर बाजुरा अस्पताल पुगे

बाजुरा–मुगुको सोरु गाउँपालिका ५ बस्ने हस्त बुढा श्रीमतिलाइ बोकेर उपचारका लागि अस्पताल बाजुरामा पुगेका छन् । घर बाट हिडेको चार दिन पछि उनि एक छोरी श्रीमति सहित बाजुराको सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पताल बाजुरामा पुगेका छन् ।

चरम गरिबिको मारखेपिरहेका हस्तले जोत्ने गोरु १५ हजारमा बिक्रि गरेर उनि श्रीमति बोकेर उपचारका लागि बाजुरा पुगेका छन् । ४० बर्षिय श्रीमति असाढि बुढाको दाँतमा चार महिना देखी दातमा समस्या भएको थियो । गाउँमा उपचार गर्दा सञ्चो नभएपछि उनि उपचारका लागि बाजुरा पुगेका छन् । मुगुको सदरमुकाम गमगढी पुग्न २ दिन पैतल लाग्ने गर्छ, गमगढी नगएर हुम्लाको तुम्सा हुदै बाजुराको कोल्टि पुगेका थिए ।

उनको योजना नेपालगञ्ज जाने रहेको थियो । कोल्टिमा हवाइटिकट नपाएपछि उनले कोल्टि बाट जिवमा सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालमा पुगेका हुन् । अहिले उनको अस्पताल बाजुरामा उपचार भइरहेको छ । श्रीमतिको उपचारका लागि बिक्रि गरेको गोरुको १५ हजार रुपैया मध्ये १० हजार बाटोमै खर्च भइसकेको छ । अहिले अस्पताल बाजुराले निशुल्क उपचार गरिरहेको भएपनि उनलाई फिर्ता हुन्, खानलाइ समस्या भइरहेको छ ।

असाढिको दातमा समस्या आउने बितिकै स्थानिय मेडिकलमा उपचारमा पुगेका थिए । मेडिकलमा दात निकाल्दा अन्यत्र घाउ भएको थियो । तिन महिना सम्म पनि दुखाइ कम नभएपछि स्थानिय स्वास्थ्यकर्मीले सुबिधा सम्पन्न अस्पताल जान भनेका थिए । दाँतमा समस्या भएको केही महिना पैसा नपाएर उनले घरमै पिडा भोग्दै आइन् । ४ महिना पछि खेति लगाउने समयमा गोरु बिक्रि भएपछि २ बर्षिय छोरी श्रीमति बोकेर उपचारमा आएको हस्त बुढाले वताएका छन् ।

गाउँमा सबैले अब यो घाउ भएको छ, क्यान्सर हुन सक्ने भनेपछि हस्त डराएका थिए । अस्पताल बाजुरामा पुग्ने बितिकै स्वास्थ्यकर्मी सँग उनि भन्थे श्रीमतिको दाँतको क्यान्सर भएको त्यसैले हामी ४ दिन लगाएर उपचारमा आएको बताए । जिल्ला अस्पताल बाजुराका दन्त चिकित्सक डा. राजकुमार रोकायाका अनुसार एक्सरे बाट खासै त्यस्तो केही नभएको अर्को डिजिटल एक्सरे गरेर दाँतमा के समस्या भएको पत्ता लाग्ने वताए । जसरी उनि हतोसाइत भएर गाउँबाट उपचारका लागि बाजुरा पुगेपनि दाँतमा त्यस्तो अफ्ठयारो समस्या नभएको रोकायाले वताए ।

हस्त र उनकि श्रीमति घरमा साना ३ वटा बच्चा छोडेर उपचारमा आएका छन् । घरमा १० बर्षका गगन बुढा, ५ बर्षकि दुर्गा बुढा र ५ बर्षकि सुन्दरा बुढा घरमा छन् । २ बर्षकि उनसा बुढा भने सँगै बोकेर उपचारमा आएका छन् । अस्पताल बाजुराका स्वास्थ्यकर्मी भन्छन्, गाउँमा रहेको स्वास्थ्यकर्मीले जथाभाबी दात निकाल्दा यस्तो समस्या भएको वताएका छन् ।

हस्तको गाउँ सोरु गाउँपालिकाका नेर गाउँ हो । यो गाउँ मुगुको निकै दुर्गम गाउँ हो । हुम्ला सँग जोडिएको यो गाउँ प्राय उनिहरुलाइ घर कहाँ हो भन्दा हुम्ला नै भन्ने गरेको हस्त बुढाले वताएका छन् । यहाँका धेरै बासिन्दाहरु स्वास्थ्य सेवा बाट बिमुख रहदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस