पाकिस्तानमा जलाइएका श्रीलंकन नागरिक ः घटनाको पृष्ठभूमि

पाकिस्तानको सियालकोटमा एक जना श्रीलंकन नागरिकलाई यातना दिएर हत्या गरियो, अहिले यो खबर विश्वभर निकै चर्चामा छ । शुक्रवार पाकिस्तानमा श्रीलंकनको यसरी हत्या भएपछि पाकिस्तानको समग्र शासन व्यवस्था र त्यहाँका आतङ्कवादी सङ्गठनको चलायमानताको विषयमा राष्ट्रिय सुरक्षासँग जोडिएर नै कुरा हुन थालेको छ ।

डान डट कमको रिपोर्ट अनुसार सियालकोटको वाजिरावाद रोडमा उक्त घटना भएको हो, एउटा कारखानाका एक्सपोर्ट म्यानेजरलाई कारखानाका स्थानीय मजदुरहरूले यातना दिएर हत्या गरी उन्को शरीरलाई जलाएका थिए । यस स्थान राजधानी इस्लामवाद २०० किमी पर छ ।

सियालकोट प्रहरी थानाका अफिसर उमर सइदका अनुसार मारिने उक्त व्यक्ति श्रीलंकन नागरिक प्रियन्थ कुमारा थिए । जीवनको ४० सौं वसन्त आसपासका उमेर भएका प्रियन्थ कुरमाराले तेहरीक ए लब्बीक नामक कट्टरवादी पत्रिकाको मुख्य पृष्ठमा लेखिएको कुरानका पङ्क्तिहरू भएको मुख्य पृष्ठ च्यातेर डस्टबिनमा फालिएको आरोप लागेको थियो ।

सामाजिक मिडियामा भाइरल भएको बीभत्स हत्या गरिएको भिडियोमा कुमाराको मृत शरीरलाई थप यातना दिने सबैले कुरानका पङ्क्तिहरू पढेको स्पष्ट सुनिन्छ ।
यो तथ्य चाहिँ पिटिआई न्युज एजेन्सीले पनि छापेको छ जुन पाकिस्तानको आधिकारिक न्युज एजेन्सी हो । कुमाराको कार्यालयको छेउमा भएको भित्तामा उक्त इस्लामिक पङ्क्तिहरू भएको पोस्टर टाँसिएको थियो, जुन पछि कुमाराले हटाए र यो कुरा चाहिँ मजदुरहरूले देखेको बताइन्छ ।

उता पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यस घटनालाई लज्जापूर्ण भन्दै आफू स्वयम लागेर भए पनि यसको अनुसन्धान गर्ने बताएका छन् । सानो भन्दा सानो कुराले पनि धर्म र आस्थामा जानी नजानी ठेस पुगेमा पाकिस्तानमा यस्ता घटनाहरू हुने गर्दछन् । आउँदा दिनमा पाकिस्तानको समग्र सुरक्षा अवस्था, कूटनीति र बाह्य लगानीका कुराहरूमा पनि यस्ता कुराले प्रभाव पार्ने निश्चित छ ।

 

प्रतिक्रिया दिनुहोस