मरेको मान्छे जिउदो भएर आऊछ भन्नु र राजतन्त्र पुनःस्थापना र ज्ञानेन्द्र आउछन भन्नु उस्तै हो दिवा सपना नदेखौ: कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वको लागि भएको एकता महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका सहयोगीकै कारण पराजित हुनुपरेको निष्कर्ष कमल थापाले निकालेका छन्।

महाधिवेशनको परिणामपछि होटल याक एन्ड यतिमा भएको आफू पक्षीय केही नेताहरुसँगको बैठकमा थापाले यस्तो निष्कर्ष निकालेका हुन्। थापालाई राप्रपाबाट किनार लगाउन निर्मल निवासबाटै मानिसहरु परिचालित गरिएको निष्कर्षसहित थापाले उनीहरुको सूची नै तयार पारेका हुन्।

राजाका वरिपरिकाले कयौँ मान्छेले अध्यक्षमा हराउन चलखेल गरेका छन्। उनीहरुले जुन किसिमको विवादमा पार्ने काम गरेका छन्, त्यसले निर्वाचन परिणाममा असर गर्‍यो’, थापानिकट एक नेताले भने, ‘कमल थापाले ज्यानको बाजी राखेर राजतन्त्र र हिन्दु राज्यको मुद्दा बोकेर हिँड्नु भएको थियो। तर अहिले अनेक षडयन्त्र गरेर उहाँलाई हराएर हिन्दु राज्य र राजतन्त्रको मुद्दा कमजोर बनाइएको छ।’

उक्त बैठकमा पराजयका अनेक कारण भए पनि निर्मल निवासका मान्छे नै परिचालित भएर निर्वाचनमा होमिनुलाई मुख्य मानिएको छ। ‘जसलाई उहाँ (कमल थापा)ले बोकेर हिँड्नु भयो, त्यहाँबाटै मान्छेहरु परिचालित भएको प्रमाण हामीले पाएका छौँ’, ती नेताले भने, ‘उनीहरुको सूची तयार हुँदैछ।’

उनका अनुसार पूर्वराजा ज्ञानेन्द्रको सचिवालयका सदस्यहरू पशुपतिभक्त महर्जन, सागर तिमल्सिना र फणिराज पाठकसमेत थापालाई हराउन लागेका थिए। उनीहरुले महाधिवेशनमै आएर थापालाई हराउने षड्यन्त्रमा संलग्न भएको दाबी ती नेताले गरेका छन्।

कमल थापा अध्यक्ष हारेपछी उनलाई असह्या पीडा भएको छ। उनी भन्छन्: मैले यत्तिका वर्ष राजसंस्था र हिन्दु धर्मको रक्षाको लागि लडें। त्यस्को प्रतिफल पाएको छु। धन्यावाद ज्ञानेन्द्र। अब, मरेको मान्छे जिउदो भएर आऊछ भन्नु र राजतन्त्र पुनःस्थापना र ज्ञानेन्द्र आउछन भन्नु उस्तै हो दिवा सपना नदेखौ।’

यसअघि थापाले नै आइतवार बिहान आफूलाई हराउन निर्मल निवास नै लागेको भन्दै पूर्वराजा शाहलाई बधाई दिएका थिए। यसैबीच थापा पक्षबाट महामन्त्रीमा विजयी कुन्ती शाहीले कमल थापा जस्तो राष्ट्रियताको एजेण्डा बोक्ने व्यक्तित्वलाई पाखा लगाएर ठीक नगरेको बताइन्।

‘उहाँलाई किन र कसले हरायो? त्यो भोलिका दिनमा पुष्टि होलान्। अध्यक्षले भनेको कुरा पनि भोलिका दिनहरुमा प्रमाणित हुँदै जाने हुन्’, उनले भनिन्, ‘तर उहाँलाई हराउन सबै शक्ति लागे। पराजयको कारण विभिन्न होलान्। तर लामै समयदेखि उहाँलाई धरापमा पारियो।’

शाहीले थापाको राजनीतिक करिअर नै ड्यामेज गराउने कोसिस भएको बताइन्। ‘अहिले म दरबारले के गर्यो, कसलाई जितायो हरायो केही भन्दिनँ। तर उहाँलाई ड्यामेज नै गरियो। राष्ट्रवादी व्यक्ति जन्मिन धेरै चुनौतीपूर्ण छ। त्यस्तो व्यक्तित्वलाई मर्न दिनु हुँदैन। उहाँको व्यक्त्विको शान छ। उहाँलाई बचाएर लैजानुपर्छ।’

शाहीले थापाको व्यक्तित्वमा प्रहार गरेर राप्रपाका मुद्दालाई कमजोर बनाउन विभिन्न लान्छना लगाइएको पनि बताइन्। तर उनले थापालाई हराउने पक्षबारे खुलेर बोल्न चाहिनन्। याक एन्ड यति बैठकबारे पनि उनले खुलेर बोल्न चाहिनन्। ‘म त्यहाँ गएको चाहिँ हो। तर कफी पिएर फर्किगएँ’, उनले भनिन्, ‘त्यहाँ विशेष बैठक भए जस्तो मलाई लाग्दैन। त्यहाँको निष्कर्षबारे अरु नै नेतालाई सोध्नु होला।’

प्रतिक्रिया दिनुहोस