नेपाली इतिहासमा कसैले गर्न नसकेको काम ‘ओलि बा’ले गर्नुभएको छ, वहाँलाई हामी नेपाली सबैले ‘बा’ मानेर पुजा गरौं: रामबहादुर थापा ‘बादल’

काठमाडौं । नेकपा (एमाले)का नेता रामबहादुर थापा ‘बादल’ले देश ठाडो अध्यादेशबाट चलिरहेको बताएका छन्।नेता बादलले प्रधानमन्त्री देउवाकै सामु देश संसद अस्तव्यस्त भएको र न्याय व्यवस्थालाई सेटिङबाट भताभुङ्ग पारिएको पनि दावी गरे। उनले हाल मुलुक र विश्वको अवस्था कोरोना महामारीको कारणले पनि अस्तव्यस्त बनेको बताए।

उनले भने, ‘अहिले जनताको जनादेश होइन, ठाडो अध्यादेशबाट देश चलिरहेको छ। आज राष्ट्र अध्यादेशमार्फत संचालन भइरहेको छ। देशको व्यवस्थापिका संसद अस्तव्यस्त छ। मुलुकको न्याय व्यवस्थालाई सेटिङबाट भताभुङ्ग पारिएको छ।’

उनले भने, ‘देशलाई पुन: अस्थिरता अशान्ति र कुशासनको तर्फ धकेलिएको छ। आज लोकतन्त्र, राष्ट्रियता, संघीयता र जनजिविका अत्यन्तै जोखिममा परेको छ। आज मुलुकको राजनीति स्पष्ट दुई ध्रुवमा विभाजित भएको छ। एकातिर अग्रगमन समाजवादका पक्षधरहरु र अर्कोतिर पश्चगमन र दलालहरु पुँजिवादका अस्तव्यस्त।’

अन्तमा उनले भने, ‘अर्कोतिर देशभक्त र वामपन्थी शक्तिहरु अर्कोतर्फ अन्तर्राष्ट्रियवादीहरु, आत्मसमर्पणवादीहरु दक्षिणपन्थीवादीहरु। नेपाली इतिहासमा कसैले गर्न नसकेको काम ‘ओलि बा’ले गर्नुभएको छ, वहाँलाई हामी नेपाली सबैले ‘बा’ मानेर पुजा गरौं।’

प्रतिक्रिया दिनुहोस