सोमबार ओमिक्रोन संक्रमण देखिएको दुई जनाको मंगलबार रिपोर्ट नेगेटिभ !

काठमाडौं । सोमबार दक्षिणी अफ्रिकी मुलुकबाट नेपाल आएका एक विदेशी नागरिकसहित एक नेपाली नागरिकको पीसीआर परीक्षण गराउँदा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको थियो ।

तर, आज मंगलबार उनीहरुको पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मंगलबार टेकु प्रयोगशालामा गरिएको जिन्ससिक्वेन्सिङमा दुवै जनाको ‘ओमिक्रोन’ संक्रमण नेगेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

स्वाद र औषधिले भरिपूर्ण अमलाको जुसमा पाईने फाईदाहरु जान्नुभयो भने तपाईहरु खोजी खोजी खानुहुनेछ

अमला प्रकृतिले दिएको अमूल्य उपहार हो । यसमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । अमला खानाले आँखाको शक्ति बढ्छ । रोचक त के छ भने साना बालबालिकालाई झाडा-पखाला लागेका बेला यो खुवाउँदा सोको नियन्त्रणसमेत गर्छ ।

आयुर्वेदिक दृष्टिकोणले पनि अमलाको महत्व धेरै छ । अमलामा रहेको तत्वले दिमाग तेज बनाउँछ । त्यसैगरी छालाका कतिपय समस्यालाई पनि हटाउँछ । अमला नेपालमा पाइने एक किसिमको रूख हो । यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ । यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ ।

त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ ।

अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा तितौराको रुपमा प्रयोग गर्न सकिन्छ । यो सिजनमा अमला सजिलै पाइन्छ । स्वादमा अमिलो हुने अमलाको सेवनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ ।

अमलाको जुस बनाएर पिएमा धेरै रोगहरुबाट पनि बच्न सकिन्छ । समग्रमा अमलाको जुस औषधिय गुणले भरिपुर्ण छ । यसर्थ स्वाद र औषधिले भरिपूर्ण अमलाको अचार वा तितौराका साथै यसको जुस बनाएर पनि पिउने गरौं । यस्ता छन् अमलाका फाइदाहरु:-

१) अमलामा क्याल्सियम, प्रोटिन, भिटामिन, मिनरल्स लगायतका विभिन्न पोषक तत्वहरु पाइन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसको नियमित सेवनले शरीरको सेल बढाउनुका साथै स्फूर्त पनि राख्छ । अझ महिलामा देखापर्ने विभिन्न शारीरिक समस्याबाट मुक्त राख्न अमलाले विशेष भूमिका खेल्ने गर्छ । यसले विभिन्न इन्फेक्सनबाट पनि टाढै राख्छ । रक्त सञ्चालन गराउँछ र मुटुसम्बन्धी रोग लाग्नबाट पनि बचाउने गर्छ ।

२) अमलाले रगतमा चिनीको नियन्त्रण गर्छ । चिकित्सकले समेत डाइबिटिज (मधुमेह रोग)का बिरामीलाई अमला खान सल्लाह दिने गर्छन् । अमलालाई मुरब्बा, जुस, अचार जे बनाएर खान सक्नुहुन्छ । यसले मेटाबोलिज्म बढाएर शरीरलाई तागत दिन्छ । यसमा फाइबर हुन्छ, जसले पाचन प्रणालीलाई मजबुत बनाउने गर्छ । अमला खाँदा कब्जियत, अपच, प-खालाजस्ता समस्या समाधान गर्छ ।

३) अमलाले कपाललाई पनि निकै फाइदा पुर्याउँछ । यसले कपाललाई बाक्लो, कालो र चम्किलो बनाउँछ । यसले कपाललाई टु`क्र`नबाट रोक्छ । अमला खानुका साथै कपालमा कु`टे`र लगाउनाले पनि कपाल राम्रो हुन्छ ।

४) अमलाले आँखाको ज्यो-ति बढाउन मद्दत गर्छ । अमलाको नियमित सेवनले र-त-न्धो हुन दिँदैन । अमलाको जुसमा थोरै मह मिसाएर पिउनाले आँखालाई एकदमै फाइदा पुग्ने गर्छ । रोग प्रतिरक्षात्मक प्रणाली मजबुत बनाउँछ ।

५) अमलामा पानीको मात्रा पनि हुन्छ यसले पि-साब सम्बन्धी समस्या हटाउने गर्छ । अमलाले अनावश्यक नून, ए-सि-डलाई पनि पि-सा-बका माध्यमले बाहिर निकाल्ने गर्छ । यसका कारण युरिक ए-सि-ड, मिर्गौलाका समस्या हटेर जान्छ ।

६) कोही मानिस उमेरै नपुगी बुढो देखिन्छन् । अमलाको नियमित सेवनले चाउरिएको अनुहार फुकाउँछ र बुढ्यौलीपनालाई कम गर्छ । अमलाको सेवनले अनिद्राको समस्या कम हुन्छ । अमलाको जुसले कस्ता रो-गहरु निको पार्छ ।

प्रतिक्रिया दिनुहोस