गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कु’टाकु’ट हुँ’दा दुई दाँच भाँ’चि’ए

काठमाडौं । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच मंगलबार कु’टाकु’ट भएको छ । सप्तरीको छिन्नमस्ता गाउँ कार्यपालिकाको बैठकका क्रममा अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’ र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कु’टाकु’ट भ’ए’को हो ।

अध्यक्ष मण्डलको दुईवटा दाँच भाँ’चि’एको छ । वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र यादवका अनुसार किसानलाई गहुँको बिऊ वितरण गर्ने विषयमा उनीहरुबीच विवाद भएको थियो ।

सोही विषयमा भनाभन भएपछि उपाध्यक्षले कुर्सी उठाएर अध्यक्षमाथि प्र’हा’र ग’रे’का हुन् । त्यही क्रममा झ’ड’प हुँदा अध्यक्षज्यूको दुई वटा दाँ’त भाँ’चि’एको छ ।

जानकारी अनुसार किसानका लागि अनुदान अन्तर्गतको गहुँको बिउ वितरणबारे गाउँ कार्यपालिका कार्यालयमा वि’वा’द हुँदा दुई जनप्रतिनिधिबीच हा’त हा’लाहा’ल भ’एको हो ।

गहुँ बिउ वितरणको स्थान र प्रक्रियाबारे बैठकमा विवाद हुँदा अध्यक्षले आफूलाई अ’पश’ब्द प्रयोग गर्दै हात समाई अ’भद्र व्य’व’हार ग’रे’पछि प्रतिकार गरेको उपाध्यक्ष उषाकुमारी मण्डलले जानकारी दिनुभयो ।

गाली गलौज गर्दै हात समाई साडी खोलिदिने भन्दै अ’भ’द्र व्य’व’हा’र ग’रे’पछि प्रतिकार गरेको उपाध्यक्ष मण्डलले तर्क गर्नुभयो । आफ्नो इज्जत जोगाउन प्रतिकार गर्दा कता लाग्यो के भयो भन्ने जानकारी नभएको बताउनुभयो ।

उपाध्यक्षले अध्यक्षको आ’क्र’म’णबाट हातका चु’रा फु’टे’को र चो’ट ला’गे’को समेत उहाँले उल्लेख गर्नुभयो । छिन्नमस्ता गाउँपालिकामा पछिल्लो २ आर्थिक वर्षदेखि गाउँसभा हुन नसक्दा विकास निर्माणका काम पनि ठप्प छन् ।

कर्मचारीले समेत महिनौंदेखि तलब खान पाएका थिएनन् । एक साताअघि मात्रै गत आर्थिक वर्षको गाउँसभा भएको थियो । तर अध्यक्ष र उपाध्यक्षबीच बजेट वितरणलाई लिएर सार्वजनिक रुपमै विवाद हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस