जाडोमा शरीरको दुखाइ कम गर्नेदेखि तौल घटाउन तातो पानी उपयोगी

शरीरका लागि पानी पिउनु अति आवश्य हुन्छ भन्ने कुरा सबैलाई थाहा छ ।

गर्मी मौसममा पसिना धेरै आउने हुँदा शरीरलाई हाइड्रेट राख्नका लागि प्रशस्त पानी पिउने गरिन्छ । तर, जाडो मौसममा चिसोको कारण अधिकांशमा पानी कम पिउने बानी हुन्छ । जसकारण शरीरमा आवश्यक पानीको मात्रा पुग्दैन, शरीर डिहाइड्रेट हुन्छ र विभिन्न समस्याहरू निम्तिने हुन्छ ।

चिसो मौसममा चिसो पानी पिउन नसके तातो पानी पिएर पनि शरीरलाई डिहाइड्रेसन हुनबाट बचाउन सकिन्छ । तातोपानीको सेवनले शरीरको पाचन प्रणालीमा सुधार ल्याउँछ जसले पाचन प्रक्रियासँग जोडिएका समस्याहरूबाट टाढा राख्छ । चिसो पानीको तुलनामा तातोपानी शरीरमा छिटो टुट्छ । कब्जियत, बबासिर, फिसर जस्ता खतरनाक बिरामीहरू पानीको कमीले हुने हुँदा तातो पानीको सेवनले यस्ता समस्याको जोखिमलाई कम गर्छ ।

कतिपय मानिसलाई चिसो मौसम मन पर्दैन । चिसोले गर्दा उनीहरूको शरीर काँप्ने समस्या हुन्छ । तातो पानीको सेवनले शरीरको तापक्रम कायम राख्छ जसले गर्दा काँप्ने समस्या आउन दिँदैन । चिसो मौसममा गर्मीको तुलनामा शरीरको रक्तचाप धेरै हुन्छ । चिसोमा रक्त कोशिका सुक्ने भएकाले रगत सञ्चारमा समस्या भई रक्तचाप बढ्छ ।

तातो पानीले रक्त कोशिकाहरूलाई फैलाउन सघाउने हुँदा यसले रक्तसञ्चारमा सुधार ल्याउँछ । चिसो मौसममा धेरैजसो मानिसमा मांशपेशी दुख्ने, हाडजोर्नीको दुखाइ बढ्ने हुन्छ । तातो पानीको सेवनले शरीरमा धेरै प्रकारका दुखाइबाट बचाउँछ । तातो पानीको सेवनले महिनावारी हुँदा पेटमा हुने दुखाइलाई पनि कम गर्छ । चिसोमा मेटाबोलिज्म रेट कम हुन थाल्ने हुँदा शरीरको तौल बढ्छ ।

तातो पानी पिउनााले शरीरको मेटाबोलिज्म प्रणाली बुष्ट हुने हुँदा यसले मोटोपन बढाउन जिम्मेवार रहेका शरीरमा जम्मा भएको फ्याट कम गर्छ । मोटोपन नियन्त्रण गर्ने मानिसले तातो पानीबाट दिनको सुरुवात गर्न सुझाव दिइन्छ । चिसोममा तातो पेयपदार्थले नाकबाट सिँगान बग्ने, छातीमा खकार जम्ने, खोकी र घाँटीमा आउने समस्यामा तत्कात राहत प्रदान गर्छ । तातो पानीले शरीरमा रोगसँग लड्ने क्षमताको पनि विकास गर्ने आजतकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस