हेलिकप्टर दु’र्घटना हुनु अगाडी आफ्नी श्रीमती र छोरालाई फोनमा यसो भनेका रहेछन सतपालले …

भारतीय रक्षा प्रमुख विपिन रावतका सुरक्षाकर्मी दार्जिलिङका नेपाली भाषी सतपाल राईको पनि हेलिकप्टर दु’र्घटना’मा मृ’त्यु भएको छ। यसै हप्ताको बुधबार भारतको तमिलनाडु राज्यको कुन्नुरमा एउटा सै’न्य वि’मा’न दु’र्घ’टना हुँ’दा त्यसमा सवार १४ मध्ये १३ को ज्या’न गएको थियो।

सो हेलिकप्टरमा भारतका पूर्व सेनापति तथा हालका रक्षा प्रमुख रहेका विपिन रावत पनि सवार थिए। दुर्घटनामा रावतसँगै नेपाली भाषी दार्जिलिङका सितपाल राई’को मृ’त्यु भएको टेलिग्राफ इन्डियाले जनाएको छ।

४१ वर्षीय सतपाल राईले बुधबार बिहानै आफ्नी श्रीमती र छोरालाई फोन गरेर आफ्नो दिनको योजनाबारे बताएका थिए तर काम सकिएपछि फोन गर्ने वा’चा गरेका थिए ।

वाचा अधुरै रहयो । राईले आफ्नो ३० वर्षीय छोरा विकल र श्रीमती मन्दिरालाई बुधबार बिहान ८:३० बजे फोन गरेका थिए, जसमा तमिलनाडुको निलगिरी हिल्समा भएको हेलिकोप्टरमा एक जना जीवित पाईए र १३ जना यात्रु’को मृ’त्यु भएको थियो।

“उनी यो तिहारमा घर आएका थिए र पन्ध्र दिनअघि मात्रै गएका थिए। म विश्वास गर्न सक्दिन कि मेरो छोराले अब उनको श’व ल्याउनेछ,” मन्दिराले भनिन्। राईका बुढी आमा, श्रीमती, छोरा विकल र छोरी मुस्कान छन् । “हाम्री छोरी मात्र १६ वर्षकी छिन्,” मन्दिराले थपिन्।

उनीहरुका छिमेकी पदम गुरुङले पहिलो पटक टिभीमा घटनाबारे थाहा पाएको बताए । ‘हामीले थाहा पाएका छौं तर परिवारलाई सम्झाउने प्रयास गरिरहेका छौ ‘ । बेलुका ६ बजेको थियो कि छोरा मा’र्फत मृ’त्यु’को खबर पुष्टि भएको थियो।

भाजपाका दार्जीलिङका सांसद राजु विष्ट र जीएनएलएफका प्रमुख मान घिसिङदेखि गोर्खा जनमुक्ति मोर्चाका नेता विमल गुरुङ र भारतीय गोरखा प्रजातन्त्रिक मोर्चाका अध्यक्ष अनित थापासम्मका पहाडी नेताहरूले शो’क व्य’क्त गरेका छन् ।

मुख्यमन्त्री ममता बनर्जीले राईको परिवारप्रति गहिरो सम’वेदना व्यक्त गरेकी छिन् । उनले भनिन् “सतपाल राईले आफ्नो जीवन मा’तृभूमिका लागि समर्पण गरेका छन् । पहाडका यी बहा’दुर छोराको नि’धनले अपूरणीय क्षति भएको छ। सतपालका एक मात्र छोरा विकल राई पनि भारतीय सेनामै कार्यरत छन्। राईको पार्थिव शरीर आज शुक्रबार दार्जिलिङमा अ’त्येष्टी गरिनेछ।

प्रतिक्रिया दिनुहोस