निजी डेन्टिस्ट महंगो भयो, ६ वर्षसम्म सरकारी पाइएन, महिलाले आफैं ११ वटा दाँत उखेलिन्

काठमाडौं। एक महिलाले आफ्नो गिजामा समस्या भएपछि आफ्नो दाँत उखेल्न चाहेकी थिइन् । तर, उनले ६ वर्षसम्म प्रयास गर्दा पनि कुनै सरकारी दाँतको टाक्टर पाइनन् । उनी निजी डेन्टिस्टकहाँ जान सक्दिनथिन् किनकि त्यहाँ शुल्क महंगो हुनथ्यो र उनी तिर्न सक्दिनथिन् । अन्ततः ६ वर्षसम्मको प्रयासमा असफल भएपछि महिलाले आफ्ना ११ वटा दाँत आफैं उखेलेकी छिन् ।

डेलीमेलको एक रिपोर्टअनुसार बेलायतकी ४२ वर्षीय ड्यानियल वाट्सले आफ्ना ११ वटा दाँत आफैं उखेलेकी हुन् । सफोकको सेन्ट एडमन्डसकी ड्यानियलले गिजाको समस्याका कारण दिनदिनै पेनकिलर खानुपर्ने भएको थियो ।

उनको एनएचएसको प्राक्टिस अचानक २०१५ मा अन्त्य भएपछि उनले अर्को डेन्टिस्ट खोजिरहेकी थिइन् तर पाउन सकिरहेकी थिइनन् । ड्यानियलले विगत ३ वर्षमा आफ्ना ११ दाँत निकालेकी हुन् ।

प्रतिक्रिया दिनुहोस