वाइनको साथ बिन्दास मुडमा सुष्मा कार्की

नायिका सुष्मा कार्की नेपाली फिल्म क्षेत्रको नायिका हुन् । सुष्मालाई धेरै दर्शकले बोल्ड नायिकाको रुपमा चिन्छन् । तर, उनी अहिले चलचित्रको पर्दामा देखिन छाडेकी छिन् । उनको स्वभाव फेरिएको छ ।

सुष्मा यसलाई समयसँगै आएको परिवर्तन मान्छिन् । चलचित्र ‘लुट’को ‘उध्रेको चोली छ है’ बोलको गीतमा आइटम नृत्य गरेपछि चर्चित बनेकी सुष्मा अहिले जीरो फिगर बनाउन लागेको बताउँछिन् ।

चलचित्र ‘चलेछ बतास सुस्तरी’ असफल भएपछि सुष्मा सुस्ताएकी हुन् । तर, उनी चलचित्रको अफर आएपनि आफूले रोल चित्त नवुझेकाले नगरेको भन्न छाड्दिनन् ।

उनी फिल्मका कारण चर्चामा नआएपनि विभिन्न फन्डाका कारण संचारमाध्यममा हटकेकका रुपमा देखिन्छिन् । अहिले लकडाउनको समयमा सुष्मा के गर्दैछिन् त ? उनले सामाजिक संजाल इन्टाग्राममा लकडाउनमा आफूले बिताएको समय सार्वजनिक गरेकी छिन् ।

निकै नै बोल्ड अवतारमा देखिएकि सुष्माको हातमा वाईन छ ।गीतमा सुष्मा मस्त छिन् । कुनै बेला नेपाली चलचित्रको आइटमदेखि अभिनयमा समेत व्यस्त रहने नायिका सुष्मा कार्कीको हातमा यतिबेला खासै चलचित्र छैन ।

फिल्ममा हिट नभएपनि उनी सामाजिक संजालमा भने निकै हिट छन् । जहाँ उनले निकै हट तस्बिर र भिडिओ शेयर गरिरहन्छिन् ।

प्रतिक्रिया दिनुहोस