अमेरिकामा चीनका उइगुरहरू मुस्लिमलाई जबरजस्ती श्रममा लगाएर उत्पादन गर्ने बस्तु माथि प्रतिबन्ध लगाउने विधेयक पारित

अमेरिकाको तल्लो सदन प्रतिनिधि सभाले बुधबार चीनको सिनजियाङबाट जबरजस्ती श्रममा लगाइएको आयातमा प्रतिबन्ध लगाउने र अल्पसंख्यक समुदायमाथि उत्पीडन गर्ने चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाउने विधेयक ४२८ विरुद्ध १ मतले पारित गरेको छ।

यो विधेयक सिनजियाङमा मानव अधिकार हनन भएको भन्दै अमेरिकाले बेइजिङ शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कार गरेको केही दिनपछि आएको हो। बुधबार पारित भएको उक्त विधेयकले “जनवादी गणतन्त्र चीनको सिन्जियाङ उइघुर स्वायत्त क्षेत्रमा जबरजस्ती श्रमबाट बनाइएका सामानहरू अमेरिकी बजारमा नआओस्” भन्ने कुरा सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

अब कर्पोरेसनहरूलाई “स्पष्ट र ठोस प्रमाण” संग प्रमाणित गर्न आवश्यक पर्छ कि सिनजियाङबाट आयात हुने समानहरू जबरजस्ती श्रमबाट बनाइएको छैन। यस कानूनले “सिनजियाङ उइघुर स्वायत्त क्षेत्रबाट सिधै आयात गरिएने वा उइघुर, कजाख, किर्गिज, तिब्बतीहरू वा चीनका अन्य उत्पीडित समूहका सदस्यहरूद्वारा बनाइएका वस्तुहरू, सामानहरू, वस्तुहरू र व्यापारिक वस्तुहरू” लाई लक्षित गर्नेछ। यस विधेयकले अब अमेरिकी राष्ट्रपतिले अल्पसंख्यकहरूलाई उत्पीडन दिने र जबर्जस्ति श्रमको प्रयोग गर्नेलाई प्रतिबन्ध लगाउन सक्छन् ।

कानुन अनुसार चिनमा सिनजियाङ र चीनका अन्य ठाउँमा सरकारी अनुदान प्राप्त कारखानाहरूको सहयोगमा “कपडा, इलेक्ट्रोनिक्स, खाद्य उत्पादन, जुत्ता, चिया र हस्तकला” उत्पादन गर्न बाध्य पारिएको छ।

यस वर्षको सुरुमा अमेरिकी राष्ट्रपति जो बाइडेनले सिनजियाङमा संलग्न व्यवसायीहरूलाई “उच्च जोखिम” चलाउन चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस