मोटरसाइकल र स्कुटर ठोक्किँदा सडकमा खसेका व्यक्तिलाई ट्रकले किच्यो, एक जनाको मृत्यु, दुई घाइते

काठमाडौँ, २६ मंसिर । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका २ बिहानी पम्प नजिकै आज बिहान मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्। ​

बा ४४ प ९८३६ नम्बरको पल्सर मोटरसाइकल र बा ६३ प ४८३४ नम्बरको स्कुटर एकापसमा ठोक्किँएपछि मोटरसाइकललाई ना ६ ख ७४९ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।

दुर्घटनामा परी मोटरसाइकलमा सवार बेनीघाट रोराङ गाउँपालिका–१० का ३३ वर्षीय सुकबहादुर चेपाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते भएका सिद्धलेक गाउँपालिका-१ का २५ वर्षीय सुरेन्द्र वाइबा र २८ वर्षीय सोनाम घलेको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि त्यो ठाउँमा एक घण्टा यातायात अवरुद्ध भएको थियो। सडकबाट सवारी साधन हटाएपछि यातायातका साधन सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

यस्तै रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–३ गोठमारे बस्ने वर्ष ३४ का दुर्गाबहादुर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलबाट घर फर्कने क्रममा लु६३प ९७२० नंको मोटरसाइकल चालक गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक सन्तोष केसीले बताए ।

रोल्पा नगरपालिका–३ गोठमारेस्थित बाटोमा घरभन्दा २५० मिटर दक्षिणमा अचानक मोटरसाइकल दुर्घटना भएको प्रहरी निरीक्षक केसीले बताए । उंनका अनुसार मोटरसाइकल बाटोमै प’ल्टिएको र मृतक गिरी बाटोभन्दा करिब ५० मिटर तल प’ल्टि’एको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयले बताएको छ । क’च्ची बाटोका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस