बेलायतमा ‌ओमिक्रोन संक्रमण व्यापक वृद्धि, सरकारद्धारा आपतकालको घोषणा

बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थाले प्रधानमन्त्री बोरिस जोनसनले ‌ओमिक्रोन आपतकाल नै घोषणा गर्नुभएको छ ।

ओमिक्रोन संक्रमण रोक्न १८ वर्षभन्दा माथिका सबैलाई यसै सातादेखि बुस्टर डोज खोप लगाइने भएको छ । टेलिभिजन मार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले ओमिक्रोनको छाल र ज्वारभाटा नै आउनेमा कुनै आशंका नभएको भन्दै समयमै सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

बेलायतले जनवरीको अन्त्यदेखि मात्रै बुस्टर खोप लगाउने योजना बनाएको थियो । तर ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढेपछि बुस्टर खोप अभियान एक महिना अगाडि सारिएको हो ।

बुस्टर खोप अभियानलाई केन्द्रित गर्न अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई स्थगित गरिएको छ । विगत केही सातादेखि दैनिक ५० हजारको हाराहारीमा नयाँ संक्रमित थपिरहेका छन् । ओमिक्रोनबाट संक्रमित हुनेको संख्या पनि दैनिक ५ सयको हाराहारीमा छ ।

प्रतिक्रिया दिनुहोस