भारतीय विदेशमन्त्रीले भने( नेपालले पहिचान गरेका क्षेत्रको पुनर्निमाणमा भारतले आफ्नो प्रतिबद्धता पूरा गर्‍यो

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका संरचनामा नेपालले पहिचान गरेका क्षेत्रको पुनर्निमाणका लागि भारतले गरेको प्रतिबद्धालाई पूरा गरेको बताएका छन्।

उनले नेपालमा पुनर्निमाणका लागि एक बिलियन अमेरिकी डलर बराबरको सहयोग गरेकोसमेत जनाएका छन्। अनुदानका लागि दिइएको उक्त रकममध्ये एक चौथाइ रकम स्वास्थ्य, सांस्कृतिक सम्पदा, शिक्षा र आवासमा लगानी गरिएकोसमेत जानकारी गराएका हुन्।

नेपालको पुनर्निमाणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री जयशंकरले भारत सरकारले आफ्नो प्रतिबद्धता पूरा गरेको र नेपाल सरकारको राष्ट्र निमार्ण अभियानमा भारतले पूर्ण साथ र सहयोग गरेको बताएका हुन्।

भारतीय विदेशमन्त्री जयशंकरले पछिल्लो पाँच वर्षमा ५० हजार आवासको पुनर्निमाण गरेर घरधनीलाई हस्तान्तरण गरिएकोसमेत जानकारी गराएका हुन्। त्यसैगरी स्वास्थ्य, शिक्षा र सांस्कृतिक सम्पदाको पुनर्निमाणको केही बाँकी रहेको उल्लेख गर्दै उक्त काम पनि प्रगतिउन्मुख रहेकोले चाँडै सकिने बताएका हुन्।

भारत सरकारले ७० वटा विद्यालय र पुस्तकालय, १३२ स्वास्थ्य सेवाहरु, २८ सांस्कृति सम्पदाहरुको पुनर्निमाणका सहयोग गरेको छ। भारत सरकारले नेपालको बुहपक्षीय क्षेत्रमा सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोगका लागि प्रतिबद्ध रहेको जनाएका हुन्।

प्रतिक्रिया दिनुहोस