चीन उइगरहरुमाथि गरिएको नरसंहारको विषयमा कुनै छलफल नहोस् भन्ने चाहन्छ

बेइजिङ । संयुक्त राष्ट्र संघको मानवअधिकार सम्बन्धी उच्चायोगको कार्यालयमा कार्यरत एक कर्मचारीलाई चीनको विरोध गर्ने र चीनमा भइरहेको मानवअधकिारका घटनाहरुको स्वतन्त्र अनुसन्धानको माग गर्ने व्यक्तिको नाम चीन सरकारलाई उपलब्ध गराएको आरोपमा राष्ट्रसंघले बर्खास्त गरेको छ। एक कर्मचारी र एक मानव अधिकार अधिवक्ता एम्मा रेलीमाथि चिनियाँ सरकारसँग असन्तुष्टहरूको नाम साझा गरेको आरोप लगाइएको छ। तर, उनले भने चीन सरकारसँग मिलेर काम गरिरहेकाहरुले आफूमाथि त्यस्तो आरोप लगाइएकोसमेत बताएकी छन्।

उनले त्यसरी नाम चीन सरकारलाई उपलब्ध गराउँदा उनीहरूको जीवन र उनीहरूको परिवारलाई खतरामा पार्ने भएकोले आफूले त्यस्तो गर्न नसक्ने बताएकी छन्। उनले आफूमाथि भएको कारबाहीका लागि पनि स्वतन्त्र अनुसन्धान गरिनुपर्ने मागसमेत गरेकी छन्।

रेलीले आरएफएको उइघुर सेवाका पत्रकार नुरिमान अब्दुरासिदसँग कुराकानीका क्रममा आफूमाथि भएको कारबाहीका लागि स्वतन्त्र अनुसन्धान हुनुपर्ने माग गर्दै आफ्नो काम गरिरहेको आफूलाई बर्खास्त गरेर राष्ट्रसंघले गलत गरेको बताएकी छन्।

उनले त्यसरी नाम उपलब्ध गराउने अरु नै व्यक्ति भए पनि आफूमाथि आरोप लगाइएको र आफूले त्यसको आधिकारिक इमेल प्राप्त गरेपछि नै झस्किएको बताएका छन्। चीन सरकारले राष्ट्रसंघलाई लेखेको पत्रमा चीन सरकारले आफूलाई नाम पठाइएका व्यक्तिहरु आवश्यक नभएको प्रतिक्रिया दिएको बताएका छन्।

चीन सरकारले उइगरहरुमाथि पनि चरम दमन र नरसंहार गरिरहेको र त्यस विषयमा कुनै छलफल तथा स्वतन्त्र अनुसन्धानहरु नहोस् भन्ने चाहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस