पाथीभरा माताको दर्शन गरेर फर्कने क्रममा दुर्घटना हुँदा २ जनाको निधन

इलाम । इलामको हर्कटे बजार नजिकै माइक्रोबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । इलामको कुटीडाडास्थित पाथीभरा माताको दर्शन गरेर फर्कने क्रममा गाडी दुर्घटना हुँदा अन्य ८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा माई जोगमाई गाउँपालिका ४ निवासी ७६ वर्षीय रामप्रसाद तिम्सिना र सोही ठाउँ निवासी ४० वर्षीय भरत प्रसाद घिमिरे रहेका छन् । दुर्घटनामा परी २ वर्षीया नावालिका सहित ८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ ।

मे १ च ३३०७ नम्वरको सवारी हर्कटे बजार नजिकै तीव्र गतिका कारण अनियन्त्रित भई सडकबाट करिब एकसय मिटर तल झरेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

काठमाडौँ – ताप्लेजुङका भरतमणि पौडेलले कमेडी च्याम्पियनको गएको एपिसोडमा पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरे । उनको प्रस्तुतीले निकै चर्चा बलुटेको छ ।

जो कमेडी च्याम्पियनमा आउनुअघि यस क्षेत्रमा आफूलाई चिनाउन संघर्षरत थिए । युट्युवमा उनका केही भिडियो पहिल्यै हिट भइसकेका थिए । यद्यपि, कमेडी च्याम्पियनको मञ्च पाएपछि उनको पहिचान रातारात उचाइमा पुगेको छ ।

भरतमणिको फिजिकल अडिसन सामान्य थियो । तर, त्यसपछिका प्रस्तुतिहरुमा उनले आगो बाले । एपिसोड ६ मा उनले गरेको पुण्य गौतम र हिमेश पन्तको क्यारिकेचरले धुम मच्चाएको थियो । त्यहीँबाट उनी दर्शकको नोटिसमा पर्न थालेका हुन् ।

उक्त प्रस्तुतिमा कमेडी च्याम्पियनका पूर्वविजेता हिमेशलाई व्यंग्य गर्दै भरतमणिले भनेका थिए, ‘कमेडी च्याम्पियनले खासमा पुरस्कार नै गलत राखेको हो । कार होइन, ट्याक्टर राख्नुपर्थ्यो, हिमेशले कम्तिमा खेत जोतेर जीविका चलाउँथे ।’

१५ औं एपिसोडमा भरतमणिले आफ्नो बेस्ट दिए । त्यसमा उनले पूर्वराजा ज्ञानेन्द्रसहित विभिन्न नेताहरुको दुरुस्त क्यारिकेचर गरेका थिए । र, त्यसमा कन्टेन्ट पनि उत्तिकै बलियो थियो ।

भरतमणिले गरेको गोकुल बास्कोटाको क्यारिकेचर त स्वयम् गोकुल बास्कोटा नै झुक्किने खालको थियो । ‘हेप्नी ? मान्छेलाई डिस हान्नी ? औडा अर्नि ? यस्तै–यस्तै कुरा गर्यौ भने भाइ, हामी मान्छेहरु नि कोल्याप्स गरिदिन्छौं ।’

गोकुलको आवाजमा भरतमणिले बोलेको यो डाइलग टिकटकमा यति चल्यो कि धेरैको जिभ्रोमै झुण्डियो । सोही प्रहसनमा भरतले गरेको राजा ज्ञानेन्द्र, रामनारायण बिडारी, राजेन्द्र महतोलगायतको क्यारिकेचर पनि कम्ति टेसिलो थिएन । त्यसपछिका एपिसोडमा पनि उनले आफ्नो स्तर कहिल्यै तल झर्न दिएनन् ।

भरतमणिले गरेको पारसको क्यारिकेचरका बारेमा त धेरै चर्चा भइसकेको छ । यसमा उनले पारसको आवाज मात्र नभएर हाउभाउ पनि दुरुस्त उतारेका छन् । उनले पारसका हुलियामा गरेको डान्स स्टेप टिकटकमा भाइरल भएको छ।

उनको प्रस्तुती पारसले पनि हेरेका छन् । क्यारिकेचर हेरेपछि छक्क परेको श्रोतको भनाई छ । उनले भरमणीलाई धन्यवाद दिएका छन् । पारसले उनलाई फोन गरेर धन्यवाद दिएका हुन् ।

ठूलो दायरामा काम गर्छन् भरतमणि । खासमा उनी कमेडीका प्याकेज हुन् । त्यसमा पनि उनको सबैभन्दा बलियो पक्ष क्यारिकेचर हो । आजकाल क्यारिकेचर गर्ने कलाकारहरु धेरै जन्मेकाले यो विधालाई हल्का रुपमा पनि लिन थालिएको छ ।

तर, कमेडीमा यो एउटा कठिन विधा हो । एकछिन सोचेर अरुको बोली र हाउभाउको दुरुस्त नक्कल उतार्न सकिँदैन । यसका निम्ति कलाकारले खर्चेको समय र मिहिनेत दर्शकले देख्दैनन् ।

पूर्वराजा ज्ञानेन्द्र, केपी ओली, प्रचण्ड, देउवा, माधव नेपालजस्ता नेताहरुको क्यारिकेचर गर्ने धेरै कलाकार छन् । उनीहरुको क्यारिकेचर हेर्दाहेर्दा दर्शक नै बोर भइसके । भरतमणिले भने पूवयुवराज पारसदेखि रामनारायण विडारी, पुण्य गौतम मात्र नभएर हिमेस पन्तसम्मको क्यारिकेचर गरेर दर्शकलाई नयाँ स्वाद दिएका छन् ।

भरतमणि कमेडीको फुल डोज पस्किन सक्छन् । उनको प्रस्तुतिमा विविधता भेटिन्छ । कमेडी च्याम्पियन जिते पनि वा नजिते पनि उनी लामो रेसका घोडा हुन् । भोलीका दिन नेपाली रंगमञ्चमा छाउन सक्ने सम्भावना बोकेका कलाकार हुन् उनी ।

प्रतिक्रिया दिनुहोस