बिट्रेन-भारत मिलेर प्रबिधीमा फड्को मार्दै

ब्रिटेनका प्रधानमन्त्री बोरिस जनसनले 2030 को रोडम्याप अनुसार ब्रिटेनले प्रबिधि र अन्य क्षेत्रहरूमा भारतसङ्ग रहेको सहकार्यलाई अझ् बलियो बनाउनु जारी राख्ने जनाएका छन्।प्रधानमन्त्री जनसनले ग्लोबल टेक्नोलोजी समिटलाई भीडियो लिङ्कको माध्यमले सम्बोधित गर्दै सो बताएको थिए।

जनसनले भनेका छन्, ‘भारत र ब्रिटेन स्वाभाविक साझेदार हुन् जो 5 जी र टेलीकममा साझेदारीदेखि लिएर स्टार्टअपसम्म धेरै राम्रा परियोजनाहरूमा एकसाथ काम गरिरहेको छ। हामी भारतको साथ मिलेर यस्ता सफलताहरू हासिल गर्नेछौं जसले न केवल मानिसहरूको जीवनमा परिवर्तन ल्याउनेछ , स्वतन्त्रता, खुल्लापन र शान्तिका सिद्धान्तहरूमाथि आधारित नयाँ प्रबिधिलाई आकार दिनमा समेत मद्दत गर्नेछ।

काँग्रेस महामन्त्री पदबाट हार्ने भएपछि मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिए
नेपाली कांग्रेसका नेता एवम् चौधौं महाधिवेशनमा महामन्त्रीका प्रतिस्पर्धी डा. मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन्।कांग्रेस महामन्त्री पदको मतगणना जारी छ। अन्तिम नतिजा आइनसक्दै आफू पराजित भएको भन्दै रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएको सामाजिक संजालमा घोषणा गरेका हुन्।

महामन्त्री पदको मतगणना जारी भइरहेका बेला उनी पाँचौ नम्बरमा छन्।कांग्रेस मुख्यालय सानेपामा जारी महामन्त्रीको मतगणनामा रिजाल धेरै पछि परेका छन्। उनी डा. शेखर कोइराला प्यानलबाट महामन्त्रीका प्रतिस्पर्धी थिए।

महामन्त्रीमा अहिलेसम्म गगनकुमार थापा १३८५, विश्व प्रकाश शर्मा ८५१, प्रकाश शरण महत ६९८, प्रदीप पौडेल ६२१, मिनेन्द्र रिजाल ३६५ र राजाराम कार्की ५९ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस