म देश कै ‘बा’ हुँ, नेपाली इतिहासमा कसैले गर्न नसकेको काम मैले ३ बर्षमा गरेको छु : केपि ओली

काठमाडौ। नेपालमा माक्र्सवादी अथवा माक्र्सवादी–लेनिनवादी भन्ने त लाखौँ छन। तर माक्र्सवादको मर्म बुझेर राजनीति गर्नेचाहिँ कति जना होलान? १०, २०, ३० कति होलान? मान्छेतिर नजाऊँ। अरू पार्टीको कुरा गर्न मिल्दैन मैले। मजदुर, विद्यार्थी, किसान, महिला, ०४७ सालको राजा र जनता मिलेर एक नयाँ संविधान बनाए र तिनीहरूले ०१७ सालको विचार बोक्ने संविधानलाई फालिदिए। नयाँ संविधानले पनि जनतालाई सन्तुष्टि दिएन।

अहिले झगडा गरिरहनुभएका मेरा नेता साथीहरूले नै माक्र्सवादको सुगन्ध बुझ्नु भएको छैन भन्ने कुरा प्रष्टै भएपछि मैले अन्ततिर गइरहनै परेन। मेरो नेतृत्वको सरकारले राम्रो गरेको थियो।। राम्रोलाई त राम्रो भन्नै पर्यो नि।

मैले राष्ट्रियताको लडाइँलाई एउटा नयाँ उचाइसम्म लगें।
यो मेरो पूर्ववर्ती सरकारहरूले गरेको भन्दा ठूलै काम हो नि। राजा आउ देश बचाउ भन्नेले पनि बुझेको कुरो के हो भने राजा ज्ञानेन्द्रले गर्न नसकेको काम पनि मैले गरें। यस्ता मलाई वरिपरि रहेका साथीभाइले त सघाउनुपर्छ।

तर राजदूत बनाउँदा, अरू ठूल्ठूला पदहरूमा नियुक्ति गर्दा मसँगसँग सल्लाह गरेनन भन्ने नाउँमा आफ्नै प्रधानमन्त्रीको सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन मिल्छ? मिल्दैन नि। होइन त?

तर जतिसुकै ठूलो क्रान्तिकारी भए पनि सबै क्रान्तिकारी स्वभाव एकै खालको त हुँदैन। कोही विनम्र हुन्छन, कोही ठाडा। नानीदेखि लागेको बानी दुई दिनमा उडेर त जाँदैन नि!
यसबाहेक लेनिनवाद माक्र्सवादको उच्च रूप होइन। माक्र्सवाद व्यक्तिको स्वतन्त्रताको पक्षधर हुन्छ।

जबकि लेनिनवादले अधिनायकत्वको पक्षधरता जनाउँछ। मध्यम वर्गीय वुद्धिजीवीलाई पनि अधिनायकत्वको गन्ध मन पर्छ। विश्वका धेरै मुलुकमा यस्तै वुद्धिजीवीले परिवर्तनकारी नेतृत्व गरेका हुनाले ती बीचैमा तुहिए या अपूर्ण भए। म वैश्विक कुरा गर्दिनँ।

तर नेपालमा चाहिँ हरेक परिवर्तनमा यही कमजोरी देखिएको छ। म देश कै ‘बा’ हुँ, नेपाली इतिहासमा कसैले गर्न नसकेको काम मैले ३ बर्षमा गरेको छु।

प्रतिक्रिया दिनुहोस