४७ वर्षमा १२ कक्षा पास गरेपछि करिश्मा मानन्धर भन्छिन्- एमए पनि पास गर्छु (भिडियो)

काठमाडौ, अभिनेत्री करिश्मा मानन्धर सुन्दरताको उपमा हुन् । उनको नाम आउने वित्तिकै मानिसले उनको सुन्दरताको वयान गर्न छोड्दैनन् । उनी अभिनेत्रीले ४० वर्षको उमेरमा विद्यालय गएर अर्को उदाहरणीय काम गरिन् । उमेरले अध्ययनलाई रोक्न सक्दैन भन्ने उनले देखाइन् । उनी विद्यालय जाँदा उनको प्रशंसा गर्ने भन्दा आलोचना गर्ने धेरै थिए । तर परिवारको साथ र सहयोगले उनका लागि यस्ता आलोचनाले पढ्ने बाटो छेकेन ।

हालै उनले ४७ वर्षको उमेरमा दश जोड दुईको अध्ययन पनि पुरा गरिन् । उनको जिपिएस भने सोचे जस्तो आएन । उनले यसलाई बढाउन सकिन्छ की भनेर विद्यालयका शिक्षकहरुसंग पन िछलफल गरिन् । तर उनले ल्याएको अंक माथिल्लो तह अध्ययनका लागि बाधक नहुने कुरा थाहा पाएपछि भने खुसी भइन् । अब उनी स्नातक पढ्ने तयारीमा टछन् ।

अभिनेत्री भएकाले उनी अन्य काममा पनि उत्तिकै ब्यस्त छन् । त्यस विचमा उनले अध्ययनका लागि समय निकालेकी छन् । काम अनि सबै व्यवहारलाई साथ लिँदै करिश्मा स्नातक अनि स्नातकोत्तर सम्म अध्ययन गर्ने योजनामा छिन्। धेरैले उनलाई सोध्छन् ‘पढेर के गर्ने ?’ उनी उत्तर फर्काउछिन्, ‘पढ्नु भनेको सिक्नु हो, सिक्ने काम कहिले पनि सकिदैन।

मेरो औपचारिक शिक्षालाई पूरा गर्ने उद्देश्य हो।’ उनले पढाई आफ्नो रहन नभएको स्पस्ट पारिन्, ‘म सानैमा काम गर्न बाध्य भएँ, जीवनमा अन्य शिक्षा हासिल भयो तर औपचारिक शिक्षा जो अत्यन्तै आवश्यक छ, उहाँहरुलाई बुझाउन पनि मैले पढेको हुँ।’

प्रतिक्रिया दिनुहोस