के तपाई बाईकमा सवारी गर्दै त हुनुहुन्न? पछाडी बस्नेहरुलाई नयाँ नियम

काठमाडौं । सवारी तथा यातायात ब्यवस्था ऐन २०७७ मा मोटरसाइकल तथा स्कुटरमा सवार दुबै जनाले अनिबार्य हेल्मेट लगाउनुपर्ने प्राबधान लागु हुने भएको छ । हाल यो ऐनको ड्राफ्ट तयार भएर राय, सुझावको लागि कानुन मन्त्रालयमा पठाइएको छ । यो ब्यवस्था लागु भए मोटरसाइकल र स्कुटरमा सवार दुबै यात्रुले अनिबार्य हेल्मेट लगाउनु पर्ने छ । यसअघि एकपटक लागु भैसकेर बिबादमा आएको यो ब्यवस्थाले हेल्मेटको भने बजार बढाउने देखिएको छ ।

तत्कालिन समयमा लागु गरिएको यो ब्यवस्था ब्यवाहरिक नभएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले हटाएको थियो । त्यो समयमा समेत बजारमा हेल्मेटको माग अत्याधिक बढेको थियो । केही हेल्मेट ब्यावासयीको प्रभावमा परेर नियम लागु गरिएको भनेर सरकारको आलोचना समेत भएको थियोे । तर अहिले एकपटक अब्यवाहरिह ठहरिसकेको ब्यास्थालाई ऐनमै उल्लेख गरी अनिबार्य गर्न लागिएको हो ।

मोटरसाइकल र स्कुटरमा यात्रा गर्दा हेल्मेट प्रयोग गर्नु सुरक्षाका हिसावले अति उत्तम मानिएपनि यसको ब्यवाहरिक पक्ष भने त्यत्तिकै झन्झटिलो छ । यी सवारीसाधनमा प्राय दुई जनाले यात्रा गर्ने हुँदा पछाडी बस्ने यात्रुले समेत अनिबार्य प्रयोग गर्न झन्झटिलो देखिएको हो । यो नियम लागु भए यसअघिकै झै बिरोध हुने निश्चित प्राय देखिएको छ । ऐनमै उल्लेख भई कार्यन्वयनमा आएपछि बिरोध गर्नुले पनि खासै अर्थ नराख्न सक्छ । यदि कसैले बिरोध गरेर सरकारी नियमको उल्लघंन गरे ट्राफिक प्रहरीले कारबाही गर्ने भयका कारण पनि यात्रुले अनिबार्य हेल्मेट प्रयोग गर्नुको बिकल्प रहदैन ।

नयाँ नियम लागु भएको खण्डमा तत्कालै ३० लाख भन्दा बढी हेल्मेट आबश्यक पर्ने देखिएको छ । नेपाली सडकमा ३० लाख माथी मोटरसाइकल तथा स्कुटर गुड्दै आएको आधारमा त्यत्तिनै संख्यामा हेल्मेटको माग बढ्ने देखिएको हो । जसले हेल्मेटको बजार ह्वात्तै बढाउने देखिन्छ । यो नियम लागु भएपछि तत्कालै अर्बौ रुपैयाँ बराबरको नयाँ हेल्मेट आयत गर्नुपर्ने हुन्छ ।

आर्थिक सर्वेक्षण २०७७/७८ अनुसार नेपालमा दर्ता भएका कुल सवारीको संख्या ३९ लाख ८७ हजार २ सय ६७ छ। दर्ता भएकामध्ये १.४ प्रतिशत सार्वजनिक सेवाका बस छन्। ७९.३ प्रतिशत दुई पांग्रे सवारी छन्। यो करिब ३१ लाख ६२ हजार वटा मोटरसाइकल हो। यस अघि हेल्मेट अनिवार्य गर्ने विषयमा अर्बौ रुपैयाको हेल्मेट बिक्री हुने भन्दै स्वार्थका आधारमा ल्याइएको नियम भन्दै विरोध गर्ने गरेका थिए।

यात्रुवाहक सवारीमा अपारदर्शी सिसा प्रयोग गर्न नपाइने ऐनमा यात्रुवाहक सवारी साधनमा अपारदर्शी सिसा राख्न नपाइने नियम प्रस्ताव गरिएको छ। सरकारले सुरक्षाको दृष्टिबाट उपयुक्त ठहर्‍याएका सवारीमा बाहेक अन्य कुनै यात्रुवाहक साधनमा बाहिरबाट भित्र नदेखिने गरी अपारदर्शी सिसा राख्न वा सिसामा अन्य कुनै वस्तुको प्रयोग गरी अपारदर्शी बनाउन नहुने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस