इमरान खानले चाहेको भए पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरेपछि उनी अर्बपति बन्ने थिए, तर आज…..?

पाकिस्तानका केन्द्रीय सूचना मन्त्री फवाद चौधरीले बिहीबार प्रधानमन्त्री इमरान खान पैसाको लोभी भएको भए आफ्नी पहिलो श्रीमती र बेलायती जन्मेकी जेमिमा गोल्डस्मिथसँग सम्बन्धविच्छेद गरेपछि अर्बपति हुने बताएका थिए। इमरान खानलाई आफ्नै पार्टीका पूर्व नेता सेवानिवृत्त न्यायमूर्ति वाजिहुद्दीन अहमदले आफ्नो घरायसी खर्चका लागि पार्टीका नेताहरूबाट रकम लिएको आरोप लगाएका थिए।

उनले पार्टीबाट अहिले अलग भएका नेता जहाँगीर खानले इमरान खानको घरायसी खर्चका लागि मासिक ५० लाख रुपैयाँ दिने गरेको आरोप लगाए । उनको गम्भीर आरोपमा कडा अडान लिँदै इमरान खान सरकारले सेवानिवृत्त न्यायाधीश विरुद्ध मानहानीको मुद्दा दायर गर्ने घोषणा गरेको छ।

पत्रकार सम्मेलनमा फवाद चौधरीले इमरान खानलाई पैसाको लोभ भएको भए पहिलो श्रीमती जेमिमासँग सम्बन्धविच्छेद गरेपछि उनी अर्बपति हुने थिए किनभने बेलायती कानुनअनुसार जेमिमासँग सम्बन्धविच्छेद भएपछि आधा सम्पत्ति उनले पाउने बताएका थिए ।
यो पनि : जाडोमा शरीरको दुखाइ कम गर्नेदेखि तौल घटाउन तातो पानी उपयोगी
गर्मी मौसममा पसिना धेरै आउने हुँदा शरीरलाई हाइड्रेट राख्नका लागि प्रशस्त पानी पिउने गरिन्छ । तर, जाडो मौसममा चिसोको कारण अधिकांशमा पानी कम पिउने बानी हुन्छ । जसकारण शरीरमा आवश्यक पानीको मात्रा पुग्दैन, शरीर डिहाइड्रेट हुन्छ र विभिन्न समस्याहरू निम्तिने हुन्छ ।

चिसो मौसममा चिसो पानी पिउन नसके तातो पानी पिएर पनि शरीरलाई डिहाइड्रेसन हुनबाट बचाउन सकिन्छ । तातोपानीको सेवनले शरीरको पाचन प्रणालीमा सुधार ल्याउँछ जसले पाचन प्रक्रियासँग जोडिएका समस्याहरूबाट टाढा राख्छ । चिसो पानीको तुलनामा तातोपानी शरीरमा छिटो टुट्छ । कब्जियत, बबासिर, फिसर जस्ता खतरनाक बिरामीहरू पानीको कमीले हुने हुँदा तातो पानीको सेवनले यस्ता समस्याको जोखिमलाई कम गर्छ ।

कतिपय मानिसलाई चिसो मौसम मन पर्दैन । चिसोले गर्दा उनीहरूको शरीर काँप्ने समस्या हुन्छ । तातो पानीको सेवनले शरीरको तापक्रम कायम राख्छ जसले गर्दा काँप्ने समस्या आउन दिँदैन । चिसो मौसममा गर्मीको तुलनामा शरीरको रक्तचाप धेरै हुन्छ । चिसोमा रक्त कोशिका सुक्ने भएकाले रगत सञ्चारमा समस्या भई रक्तचाप बढ्छ ।

तातो पानीले रक्त कोशिकाहरूलाई फैलाउन सघाउने हुँदा यसले रक्तसञ्चारमा सुधार ल्याउँछ । चिसो मौसममा धेरैजसो मानिसमा मांशपेशी दुख्ने, हाडजोर्नीको दुखाइ बढ्ने हुन्छ । तातो पानीको सेवनले शरीरमा धेरै प्रकारका दुखाइबाट बचाउँछ । तातो पानीको सेवनले महिनावारी हुँदा पेटमा हुने दुखाइलाई पनि कम गर्छ । चिसोमा मेटाबोलिज्म रेट कम हुन थाल्ने हुँदा शरीरको तौल बढ्छ ।

तातो पानी पिउनााले शरीरको मेटाबोलिज्म प्रणाली बुष्ट हुने हुँदा यसले मोटोपन बढाउन जिम्मेवार रहेका शरीरमा जम्मा भएको फ्याट कम गर्छ । मोटोपन नियन्त्रण गर्ने मानिसले तातो पानीबाट दिनको सुरुवात गर्न सुझाव दिइन्छ । चिसोममा तातो पेयपदार्थले नाकबाट सिँगान बग्ने, छातीमा खकार जम्ने, खोकी र घाँटीमा आउने समस्यामा तत्कात राहत प्रदान गर्छ । तातो पानीले शरीरमा रोगसँग लड्ने क्षमताको पनि विकास गर्ने आजतकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस