जाडोमा सुत्दा भुलेर पनि नगर्नुहोस् यो गल्ती, मुटुका लागि घातक हुनसक्छ

चिसो बढ्दै गइरहेकाे छ । मौसम परिवर्तनले शरीरलाई धेरै प्रकारले प्रभाव पार्छ ।अत्यधिक चिसोका कारण रुघा, खोकी, एलर्जी र ज्वरो जस्ता समस्या देखिन सक्छन् । जाडोका कारण अधिकांश समय अल्छी हुने, खानपानमा ध्यान नदिने हुँदा जानीनजानी विभिन्न स्वास्थ्य समस्या निम्तिरहेका हुन्छन् । जाडोमा शरीरलाई चिसोबाट जोगाउन मानिसहरू न्यानो जाकेट, स्विटर, ऊनको लुगा र अन्य बाक्ला लुगा लगाउने गर्छन् ।

ऊनले तातो प्रदान गर्नुका साथै र यसको फाइबरमा लुकेको तापले शरीरबाट उत्पन्न हुने गर्मीलाई कपडाभित्र बन्द राख्छ । यही कारणले गर्दा ऊनी कपडाबाट हाम्रो शरीरमा चिसोले असर गर्दैन । प्रायः मानिसहरू राति ऊनीको लुगा लगाएर सुत्छन् । तर, यसरी ऊनीको लुगा लगाएर सुत्नाले स्वास्थ्यलाई नोक्सान हुन्छ ।

विज्ञहरुका अनुसार जाडो मौसममा हाम्रो रक्तनली खुम्चिन्छ । ऊनी लुगा लगाएर सुत्दा शरीर न्यानो हुन्छ, तर कहिलेकाहीँ यसले उकुसमुकुस गराउने, बेचैन हुने, कम रक्तचापको समस्यालाई पनि बढाउँछ । ऊनी लुगा लगाएर सुत्दा छाला सुक्खा हुने, र्‍यासेज आउने, एलर्जी र चिलाउने समस्या हुन सक्छ ।

त्यसैले जाडोमा ऊनी स्वेटर लगाएर सुत्नु हुँदैन । यसबाहेक, स्वेटर लगाउनुअघि शरीरमा राम्रो गुणस्तरको बडी लोसन लगाउनुपर्छ । यसले छालालाई ओसिलो र एलर्जीको समस्या हुने सम्भावनालाई कम गर्छ । ऊनी कपडाको फाइबर सामान्यतया कपास फाइबरभन्दा बाक्लो हुन्छ । तिनीहरूबीचको सानो एयर पकेट इन्सुलेटरको रूपमा काम गर्छ ।

जाडोमा मानिसहरू ऊनी लुगा लगाएर सिरक वा ब्लाङ्केट पनि ओढ्ने गर्नुपर्छ । ऊनी कपडाको रेशाले हाम्रो शरीरको तापलाई भित्रबाट बन्द गर्छ । कतिपय अवस्थामा शरीरबाट निस्कने ताप मधुमेह र मुटुका बिरामीका लागि घातक हुन सक्छ । त्यसैले यस्ता व्यक्तिले जाडोमा ऊनी लुगा लगाएर सुत्ने गल्ती गर्नु हुँदैन ।

विज्ञहरू शरीरलाई न्यानो राख्नका लागि ऊनलाई राम्रो मान्छन् तर यसले शरीरबाट निस्कने पसिनालाई राम्रोसँग सोस्दैन । फलस्वरूप, यसबाट ब्याक्टेरिया उत्पन्न हुन्छ र कहिलेकाहीँ शरीरमा दाग पनि निस्कन्छ । हाम्रो खुट्टालाई पनि तातो र सुख्खा वातावरण मनपर्छ । कटनका मोजाहरू खुट्टाका लागि सहज मात्र होइन, यसले पसिना पनि सजिलै सोस्छन् ।

आजतकले उल्लेख गरेअनुसार जाडोमा मोजा लगाएर सुत्दा जोर्नीमा रगत जम्ने खतरा हुन्छ । यसले मुटुबाट जोर्नीमा हुने रक्त प्रवाह र रक्त सञ्चालनमा प्रभाव पार्छ । त्यसैले जाडोमा मानिसहरूलाई ऊनको सट्टा सुतीको मोजा लगाएर सुत्न सल्लाह दिइन्छ । यदि राति ऊनी लुगा लगाएर सुत्नु परेमा केही कुरालाई ध्यानमा राख्नुपर्छ । भित्रबाट सुतीको लुगा लगाएर त्यसपछि माथिबाट ऊनी लुगा लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस