लो’ड ब’न्दुक’को ट्रि’गर झुक्किएर दाबिँदा ना’बालक छोरा’को हात’बाट पिताको मृ’त्यु

जर्जियामा एउटा दुःख’द् घ’ट’ना घ’टेको छ। एक वर्षको नाबालक’बाट आफ्नै पिता’को मृ’त्यु भए’को हो।साभना प्रहरीका अनुसार लो’ड गरिएको ब’न्दु’क खेलाउ’ने क्रममा बालक’ले ट्रिगर दबाउँ’दा गो’ली च’ले’को थि’यो। गो’ली’ले उनको पिता २५ वर्षका डस्टिन वाल्टर्स’लाई लागेको थियो।

उपचारको क्रममा वाल्टर्स’को मृ’त्यु भए’को हो। प्रहरीका अ’नुसार लो’ड पेस्तो’ल बालक’ले भेट्टाउने स्थानमा राखिएका का’रण यो घट’ना हुन पुग्यो।ड’स्टिन छोरा क्यामरोन र श्रीमती टोरी’सँग साभना’को ई.६४ स्ट्रिटमा बस्दथे। डेलीमेलका अनुसार डिसेम्बर ५ का दिन साँझ साढे ५ बजेको समयमा यो घ’टना घ’टे’को हो।

विश्वकै सर्वाधिक धनी व्यक्ति इलोन मस्क अब भौतिक सम्पत्तिबिहिन बनेका छन्। अर्थात् मस्कसँग अब न कुनै घर छ, न एक चिम्टी माटो नै!

विद्युतीय सवारी उत्पादकमा सबैभन्दा मूल्यवान कम्पनी टेस्लाका साथै अन्तरिक्ष विज्ञानको क्षेत्रमा महत्वाकांक्षी काम गर्दै आएको कम्पनी स्पेस एक्सका संस्थापक मस्कले गतवर्ष नै आफूलाई सम्पूर्ण भौतिक सम्पत्तिबाट मुक्त गर्ने घोषणा गरेका थिए। भौतिक सम्पत्तिले ठुला लक्ष्यबाट आफूलाई विचलित गर्ने भन्दै यसबाट छुटकारा चाहेको उनले बताएका थिए।

मस्कले उनको नाममा बाँकी रहेको सिलिकन भ्याली (क्यालिफोर्नियास्थित) अन्तिम हवेली पनि बिक्री गरेका छन्। त्यससँगै उनले सो घरबारे उल्लेख गर्दै लेखेका छन् – ‘त्यो कुनै ठूलो परिवारका लागि ठिक थियो जुन अब त्यहाँ बस्न जाँदैछन्। यो ठाउँ विशेष छ।’

मार्समा स्पेस एक्स पुर्‍याउनेजस्ता ठुला लक्ष्यहरुमा आफूलाई केन्द्रित गर्न सन् २०२० मा उनले आफ्ना सम्पूर्ण घरजग्गा लगायतबाट छुटकारा लिएर चाहेको बताएका थिए। सोही क्रममा यसै वर्षको मध्यतिर उनले १० बेडरुमको १४८६ वर्गमिटरको एउटा बङ्ग्लोबाहेक अरु सबै सम्‍पत्तिहरु बेचिसकेको सार्वजनिक गरेका थिए। बाँकी सोही एउटा प्रोपर्टी पनि अहिले उनले ३ करोड डलरमा बिक्री गरेका हुन्।

प्रतिक्रिया दिनुहोस