नेपाली नागरिकता लिएका यि ३ जनाको नागरिकता खारेज गर्ने मन्त्रीपरिषद्को निर्णय

काठमाडौ, सरकारले नेपाली नागरिकताको प्रमाणपत्र लिएका तीन जनाको नागरिकता रद्द गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकले नागरिकता रद्द गरी उनीहरुलाई नेपाली नागरिकताबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तीन नेपालीको सो निर्णय गरेको जानकारी दिए ।

नेपाल न्याय सेवा कानून समुहको राजपत्रांकित प्रथम श्रेणीमा विनोदकुमार भट्टराई र नेपाल न्याय सेवा न्याय समुहको राजपत्रांकित प्रथम श्रेणीको पदमा रामप्यारी सुनुवारलाई नियुक्ती गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।
यो पनि : जाडोमा शरीरको दुखाइ कम गर्नेदेखि तौल घटाउन तातो पानी उपयोगी
गर्मी मौसममा पसिना धेरै आउने हुँदा शरीरलाई हाइड्रेट राख्नका लागि प्रशस्त पानी पिउने गरिन्छ । तर, जाडो मौसममा चिसोको कारण अधिकांशमा पानी कम पिउने बानी हुन्छ । जसकारण शरीरमा आवश्यक पानीको मात्रा पुग्दैन, शरीर डिहाइड्रेट हुन्छ र विभिन्न समस्याहरू निम्तिने हुन्छ ।

चिसो मौसममा चिसो पानी पिउन नसके तातो पानी पिएर पनि शरीरलाई डिहाइड्रेसन हुनबाट बचाउन सकिन्छ । तातोपानीको सेवनले शरीरको पाचन प्रणालीमा सुधार ल्याउँछ जसले पाचन प्रक्रियासँग जोडिएका समस्याहरूबाट टाढा राख्छ । चिसो पानीको तुलनामा तातोपानी शरीरमा छिटो टुट्छ । कब्जियत, बबासिर, फिसर जस्ता खतरनाक बिरामीहरू पानीको कमीले हुने हुँदा तातो पानीको सेवनले यस्ता समस्याको जोखिमलाई कम गर्छ ।

कतिपय मानिसलाई चिसो मौसम मन पर्दैन । चिसोले गर्दा उनीहरूको शरीर काँप्ने समस्या हुन्छ । तातो पानीको सेवनले शरीरको तापक्रम कायम राख्छ जसले गर्दा काँप्ने समस्या आउन दिँदैन । चिसो मौसममा गर्मीको तुलनामा शरीरको रक्तचाप धेरै हुन्छ । चिसोमा रक्त कोशिका सुक्ने भएकाले रगत सञ्चारमा समस्या भई रक्तचाप बढ्छ ।

तातो पानीले रक्त कोशिकाहरूलाई फैलाउन सघाउने हुँदा यसले रक्तसञ्चारमा सुधार ल्याउँछ । चिसो मौसममा धेरैजसो मानिसमा मांशपेशी दुख्ने, हाडजोर्नीको दुखाइ बढ्ने हुन्छ । तातो पानीको सेवनले शरीरमा धेरै प्रकारका दुखाइबाट बचाउँछ । तातो पानीको सेवनले महिनावारी हुँदा पेटमा हुने दुखाइलाई पनि कम गर्छ । चिसोमा मेटाबोलिज्म रेट कम हुन थाल्ने हुँदा शरीरको तौल बढ्छ ।

तातो पानी पिउनााले शरीरको मेटाबोलिज्म प्रणाली बुष्ट हुने हुँदा यसले मोटोपन बढाउन जिम्मेवार रहेका शरीरमा जम्मा भएको फ्याट कम गर्छ । मोटोपन नियन्त्रण गर्ने मानिसले तातो पानीबाट दिनको सुरुवात गर्न सुझाव दिइन्छ । चिसोममा तातो पेयपदार्थले नाकबाट सिँगान बग्ने, छातीमा खकार जम्ने, खोकी र घाँटीमा आउने समस्यामा तत्कात राहत प्रदान गर्छ । तातो पानीले शरीरमा रोगसँग लड्ने क्षमताको पनि विकास गर्ने आजतकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस