गाईले पूजाकै क्रममा आफूलाई लगाइदिएको सुनको सिक्री नै निलेपछि…..

तिहारमा हिन्दु धर्मावलम्बीले गाईको पूजा गर्छन् तर लक्ष्मीका रुपमा पुजिने गाईले पूजाकै क्रममा आफूलाई लगाइदिएको सुनको सिक्री नै निलेपछि एउटा परिवारले एक महिनाभन्दा लामो समय तनाव झेलेको छ ।भारतको कर्नाटक राज्यको सिरसीमा श्रीकान्त हेगडेले दीपावलीमा गाईको पूजा गरेका थिए । उनको परिवारले गाई तिहारको दिन धुमधामसँग गाईलाई सिङ्गारेर पूजा गरेको थियो ।

यस क्रममा सो परिवारले गाईलाई २० ग्रामको सुनको सिक्रीसमेत लगाइदिएको थियो । तर केहीबेरमै गाईले उक्त सिक्री फुत्काएर निल्यो । गाईले सुनको सिक्री नै निलेपछि हेगडे परिवारले उक्त गाईलाई छुट्टै बाँधेर गोबरमा सिक्री आउँछ कि भनेर हेर्न थाल्यो । दैनिक रुपमा निगरानी गर्दासमेत ३५ दिनसम्म सुनको सिक्री गोबरमार्फत ननिस्किएपछि भने सो परिवारले पशु चिकित्सकसँग यसबारे परामर्श लियो ।

पशु चिकित्सकले गाईको पेटमै सिक्री रहेको किटान गर्नुका साथै उक्त सिक्री ननिकाले गाईको स्वास्थ्यमै असर गर्ने चेतावनी दिए । त्यसपछि उक्त गाईको पेटको श’ल्यक्रि’या गरेर सिक्री निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हेगडे परिवारले आफ्नो सानो गल्तीका कारण गाईले कष्ट व्यहोर्नु परेकोमा चिन्ता प्रकट गरेको बताइएको छ ।तर, २० ग्रामको सुनको सिक्री गाईको पेटबाट निकाल्दा १८ ग्राममात्र पाइएको बताइएको छ । शल्यक्रियाका बाबजुद हाल गाईको स्वास्थ्य अवस्थामा सामान्य रहेको बताइएको छ ।

यो पनि : जाडोमा शरीरको दुखाइ कम गर्नेदेखि तौल घटाउन तातो पानी उपयोगी
गर्मी मौसममा पसिना धेरै आउने हुँदा शरीरलाई हाइड्रेट राख्नका लागि प्रशस्त पानी पिउने गरिन्छ । तर, जाडो मौसममा चिसोको कारण अधिकांशमा पानी कम पिउने बानी हुन्छ । जसकारण शरीरमा आवश्यक पानीको मात्रा पुग्दैन, शरीर डिहाइड्रेट हुन्छ र विभिन्न समस्याहरू निम्तिने हुन्छ ।

चिसो मौसममा चिसो पानी पिउन नसके तातो पानी पिएर पनि शरीरलाई डिहाइड्रेसन हुनबाट बचाउन सकिन्छ । तातोपानीको सेवनले शरीरको पाचन प्रणालीमा सुधार ल्याउँछ जसले पाचन प्रक्रियासँग जोडिएका समस्याहरूबाट टाढा राख्छ । चिसो पानीको तुलनामा तातोपानी शरीरमा छिटो टुट्छ । कब्जियत, बबासिर, फिसर जस्ता खतरनाक बिरामीहरू पानीको कमीले हुने हुँदा तातो पानीको सेवनले यस्ता समस्याको जोखिमलाई कम गर्छ ।

कतिपय मानिसलाई चिसो मौसम मन पर्दैन । चिसोले गर्दा उनीहरूको शरीर काँप्ने समस्या हुन्छ । तातो पानीको सेवनले शरीरको तापक्रम कायम राख्छ जसले गर्दा काँप्ने समस्या आउन दिँदैन । चिसो मौसममा गर्मीको तुलनामा शरीरको रक्तचाप धेरै हुन्छ । चिसोमा रक्त कोशिका सुक्ने भएकाले रगत सञ्चारमा समस्या भई रक्तचाप बढ्छ ।

तातो पानीले रक्त कोशिकाहरूलाई फैलाउन सघाउने हुँदा यसले रक्तसञ्चारमा सुधार ल्याउँछ । चिसो मौसममा धेरैजसो मानिसमा मांशपेशी दुख्ने, हाडजोर्नीको दुखाइ बढ्ने हुन्छ । तातो पानीको सेवनले शरीरमा धेरै प्रकारका दुखाइबाट बचाउँछ । तातो पानीको सेवनले महिनावारी हुँदा पेटमा हुने दुखाइलाई पनि कम गर्छ । चिसोमा मेटाबोलिज्म रेट कम हुन थाल्ने हुँदा शरीरको तौल बढ्छ ।

तातो पानी पिउनााले शरीरको मेटाबोलिज्म प्रणाली बुष्ट हुने हुँदा यसले मोटोपन बढाउन जिम्मेवार रहेका शरीरमा जम्मा भएको फ्याट कम गर्छ । मोटोपन नियन्त्रण गर्ने मानिसले तातो पानीबाट दिनको सुरुवात गर्न सुझाव दिइन्छ । चिसोममा तातो पेयपदार्थले नाकबाट सिँगान बग्ने, छातीमा खकार जम्ने, खोकी र घाँटीमा आउने समस्यामा तत्कात राहत प्रदान गर्छ । तातो पानीले शरीरमा रोगसँग लड्ने क्षमताको पनि विकास गर्ने आजतकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस