१०० बर्ष अघि डाक्टरहरुले बिरामीको यसरी उपचार गर्थे (हेर्नुस् अचम्मका तस्वीरहरु)

आज मेडिकल साइन्सले मानव सरिर र त्यसमा हुने बिभिन्न बिमारीको बिषयमा निकै उपलब्धि हाँशिल गरेको छ । हामी आजकाल निकै खतरनाक रोगको पनि सहजै उपचार गराउन सक्ने अवस्थामा छौं । रोगले साधारण रुप लिंदानै हामीले त्यो रोगको पहिचान गरेर त्यसको उपचार गर्न हामी अहिले माहिर भइसकेका छौं।तर कल्पना गर्नुस् त जब यस्ता आधुनिक उपचार पद्धतिको नामोनिशान नै नभएको पहिलेको जमानामा कसरी उपचार हुन्थ्य्यो होला ?

धेरै टाढा नजाउँ, करीब १०० बर्ष पहिलेको उपचारको स्थिति निकै अलग थियो । त्यतिबेला उपचारको लागि अपनाइने तरिका निकै अचम्म लाग्दो हुन्थ्यो । उपचारको दौरानमा बिरामीहरुले निकै कष्ट भोग्नुपर्थ्यो । बिशेष गरि लठ्याउने उपकरण नहुँदा, अप्रेशन गर्दा वा दाँतको उपचार गराउदा निकै पीडा दिने गरिन्थ्यो।

ल आउनुस् आज हामीले तपाइँलाई त्यस्तै दुर्लभ तश्विर देखाउँदैछौं जुन निकै अचम्म लाग्दो छ। तल दिईएको तश्विरमा अमेरिकाका फेमस डाक्टर लेविस अलबर्ट सायरे बिरामीको उपचार गराउंदैछन् । उनि १९ औं सताब्दीका प्रमुख अर्थोपेडिक सर्जन मध्ये एक हुन् । उनले हांडजोर्नीसँग जोडिएका बिरामीको उपचारको लागि बिरामीलाई सीधा झुन्ड्याउने तरीका अपनाउथे।

जुन तरिका अहिले अचम्म लाग्छ । तर डाक्टर लेविस धेरै प्रतिष्ठित थिए र अमेरिकन मेडिकल एसोसिएशनको अध्यक्ष बनेका थिए।
यो पनि : जाडोमा शरीरको दुखाइ कम गर्नेदेखि तौल घटाउन तातो पानी उपयोगी
गर्मी मौसममा पसिना धेरै आउने हुँदा शरीरलाई हाइड्रेट राख्नका लागि प्रशस्त पानी पिउने गरिन्छ । तर, जाडो मौसममा चिसोको कारण अधिकांशमा पानी कम पिउने बानी हुन्छ । जसकारण शरीरमा आवश्यक पानीको मात्रा पुग्दैन, शरीर डिहाइड्रेट हुन्छ र विभिन्न समस्याहरू निम्तिने हुन्छ ।

चिसो मौसममा चिसो पानी पिउन नसके तातो पानी पिएर पनि शरीरलाई डिहाइड्रेसन हुनबाट बचाउन सकिन्छ । तातोपानीको सेवनले शरीरको पाचन प्रणालीमा सुधार ल्याउँछ जसले पाचन प्रक्रियासँग जोडिएका समस्याहरूबाट टाढा राख्छ । चिसो पानीको तुलनामा तातोपानी शरीरमा छिटो टुट्छ । कब्जियत, बबासिर, फिसर जस्ता खतरनाक बिरामीहरू पानीको कमीले हुने हुँदा तातो पानीको सेवनले यस्ता समस्याको जोखिमलाई कम गर्छ ।

कतिपय मानिसलाई चिसो मौसम मन पर्दैन । चिसोले गर्दा उनीहरूको शरीर काँप्ने समस्या हुन्छ । तातो पानीको सेवनले शरीरको तापक्रम कायम राख्छ जसले गर्दा काँप्ने समस्या आउन दिँदैन । चिसो मौसममा गर्मीको तुलनामा शरीरको रक्तचाप धेरै हुन्छ । चिसोमा रक्त कोशिका सुक्ने भएकाले रगत सञ्चारमा समस्या भई रक्तचाप बढ्छ ।

तातो पानीले रक्त कोशिकाहरूलाई फैलाउन सघाउने हुँदा यसले रक्तसञ्चारमा सुधार ल्याउँछ । चिसो मौसममा धेरैजसो मानिसमा मांशपेशी दुख्ने, हाडजोर्नीको दुखाइ बढ्ने हुन्छ । तातो पानीको सेवनले शरीरमा धेरै प्रकारका दुखाइबाट बचाउँछ । तातो पानीको सेवनले महिनावारी हुँदा पेटमा हुने दुखाइलाई पनि कम गर्छ । चिसोमा मेटाबोलिज्म रेट कम हुन थाल्ने हुँदा शरीरको तौल बढ्छ ।

तातो पानी पिउनााले शरीरको मेटाबोलिज्म प्रणाली बुष्ट हुने हुँदा यसले मोटोपन बढाउन जिम्मेवार रहेका शरीरमा जम्मा भएको फ्याट कम गर्छ । मोटोपन नियन्त्रण गर्ने मानिसले तातो पानीबाट दिनको सुरुवात गर्न सुझाव दिइन्छ । चिसोममा तातो पेयपदार्थले नाकबाट सिँगान बग्ने, छातीमा खकार जम्ने, खोकी र घाँटीमा आउने समस्यामा तत्कात राहत प्रदान गर्छ । तातो पानीले शरीरमा रोगसँग लड्ने क्षमताको पनि विकास गर्ने आजतकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस